बाह्रबिसेबाट ७४० थान भेप बरामद
बिहीबार, ०७ चैत २०८१, १० : ३७

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसेस्थित खुर्सानीबारीबाट प्रहरीले ठुलो परिमाणमा इलेक्ट्रिक चुरोट भेप बरामद गरेको छ । गएराति तातोपानीबाट सामान लिएर आउँदै गरेको ना ६ ख ५४९६ नम्बरको कन्टेनरबाट ७४० पिस भेप बरामद गरिएको हो ।
चीनबाट तातोपानी नाका हुँदै रेडिमेड सामान लिएको आएको कन्टेनरमा अवैध भेप फेला परेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्स्पेक्टर सुमेश पाण्डेले रातोपाटीलाई बताए । चालक सिट मुनी लुकाएर ल्याएको भेप सहित प्रहरीले चालकलाई पक्राउ गरेको छ ।
अनुसन्धान र कारबाहीका लागि भेप राजस्व अनुसन्धान विभागमा पठाइने इस्पेक्टर पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्द्रागिरिको बलम्बुमा भेटियो नवजात शिशुको शव
-
ब्युटिसियन नेपाल–२०२५ को ताज सुष्मा दाहाललाई
-
एनआरएनए एकता महाधिवेशन : राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वान, ७ एजेन्डा तय
-
अमेरिकाको टेक्सासमा डढेलो, ५०० हेक्टर वन क्षेत्र नष्ट
-
अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै पैसा माग्ने पोखरा महानगरका एक कर्मचारी पक्राउ
-
एसईईकाे पहिलाे दिन मधेश प्रदेशमा २ हजार १७१ जना अनुपस्थित, ७९ हजार ५६० ले दिए परीक्षा