बंगलादेशी अलराउन्डर शकिब अल हसनमाथि लगाइएको प्रतिबन्ध हट्यो, बलिङ शैलीलाई मान्यता

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बंगलादेशका प्रभावशाली अलराउन्डर शकिब अल हसनमाथि लगाएको प्रतिबन्ध हटाएको छ । आईसीसीले उनको बलिङ शैली शंकास्पद रहेको भन्दा लामो समयदेखि बलिङ गर्न रोक लगाएको थियो ।
आईसीसीले दुईपटक गरेको बलिङ शैली परीक्षणमा ३७ वर्षीय शाकिब असफल भएका थिए । त्यसैले उनलाई बलिङ गर्नबाट रोक लगाइएको थियो । यसबिचमा उनले आफ्नो बलिङ शैलीमा सुधार ल्याउन निकै प्रयास गरेका थिए ।
तेस्रो पटकको परीक्षणमा उनको बलिङ शैलीले मान्यता पाएको समाचारमा जनाइएको छ । बलिङ शैलीकै कारण प्रतिबन्धमा परेपछि उनलाई हालै सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीमा पनि टोलीमा समावेश गरिएको थिएन ।
सन् २०२४ को सेप्टेम्बरमा पहिलो पटक उनको बलिङ शैली शंकाको घेरामा परेको थियो । त्यतिबेला उनी काउन्टी च्याम्पियन्समा सरेबाट खेलिरहेका थिए । समरसेटविरुद्धको खेलका क्रममा उनको बलिङ शैलीमाथि प्रश्न उठाइएको थियो ।
बलिङ शैली परीक्षणमा पनि उनी अयोग्य घोषित भएका थिए । इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले तत्कालै उनीमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि आईसीसीको विशेषज्ञ टोलीले गरेको परीक्षणमा पनि उनी असफल भएका थिए ।
पछिल्लो पटक इङ्ल्यान्डमा उनको बलिङ शैलीको परीक्षण गरिएको थियो । भाग्यवशः तेस्रो परीक्षणमा भने उनी उत्तिर्ण भएका छन् । त्यसैले अब उनले अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न पाउने भएका छन् । शकिब अल हसनले पनि बलिङ शैली परीक्षणमा आफू उत्तिर्ण भएको पुष्टि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको टिप्पणी– विद्यार्थीको निर्वाचनको रुझानले बढो राम्रो सङ्केत दियो
-
प्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा दायर
-
माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गयाे : अध्यक्ष प्रचण्ड
-
खल्तीमा बोकेको मोबाइल पड्किँदा अण्डकोष नै फुट्यो
-
लुम्बिनी प्रदेशमाथि कर्णाली प्रदेशको रोमाञ्चक जित
-
विद्यमान चुनौतीबिच कस्तो गभर्नर चाहिन्छ ?