खनालको निबन्ध संग्रह ‘आत्मबोध’ लोकार्पण
बिहीबार, ०७ चैत २०८१, १० : २०

काठमाडौं । भागवत खनालको दोस्रो कृति 'आत्मबोध’ निबन्ध संग्रहको लोकार्पण भएको छ । डेढवर्ष अगाडि ‘बाबा मेरो पीआर आयो’कथा संग्रह ल्याएका खनालले पाठकमाझ आफ्नो निबन्ध संग्रह ल्याएका हुन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वमुख्यसचिव बिमल कोइराला र साहित्यकार राजेन्द्रगोपाल सिंहले निबन्ध संग्रहको लोकार्पण गरे ।
आत्मबोधमा खनालले पाठकहरु माझ ३० वटा निबन्ध पस्केका छन् । निबन्ध संग्रह लोकार्पण गर्दै पूर्वमुख्यसचिव कोइरालाले खनालको लेखकिय दृष्टिकोण बारेमा व्याख्या गरेका थिए ।
पूर्वसचिव कृष्ण ज्ञवालीले खनालको कथा र निबन्धको लेखनको विषय यथार्थपरक र सामाजिक विषय समेटिएको हुने भन्दै टिप्पणी गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले खनालको सामाजिक विषयमा खनालले चोटिलो विषयले कलम चलाउने प्रतिक्रिया दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय सरकारले गाउँ गाउँमा सिंहदरबार पुर्याएको छ : प्रधानमन्त्री
-
प्रचण्डको टिप्पणी– विद्यार्थीको निर्वाचनको रुझानले बढो राम्रो सङ्केत दियो
-
प्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा दायर
-
माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गयाे : अध्यक्ष प्रचण्ड
-
खल्तीमा बोकेको मोबाइल पड्किँदा अण्डकोष नै फुट्यो
-
लुम्बिनी प्रदेशमाथि कर्णाली प्रदेशको रोमाञ्चक जित