भारतमा एक नेपालीलाई २० वर्ष जेल सजाय

काठमाडौँ । भारतको एक अदालतले कपिलवस्तुको तौलिहवा निवासी एक व्यक्तिलाई २० वर्ष जेल सजाय तोकेको छ ।
भारतको उत्तर प्रदेश राज्यस्थित बलरामपुरको विशेष सत्र न्यायाधीश (पोक्सो एक्ट) दीप नारायण तिवारीले बलात्कार मामिलामा नेपाली नागरिक सुनिल पाठक उर्फ राज पण्डितलाई २० वर्ष जेल सजाय निर्धारण गरेका हुन् । अदालतले सुनिललाई ११ हजार रुपैयाँ जरिबानाको फैसलासमेत सुनाएको छ ।
२५ अक्टोबर २०२३ मा उनले एक नाबालिगलाई बलात्कार गरेको बताइएको छ ।
पीडित किशोरीका पिताले दिएका उजुरीका आधारमा प्रहरीले सुनिलविरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको थियो । पीडित पक्षकातर्फबाट अदालतमा सात साक्षी उपस्थित गराइएको थियो ।
अदालतले सुनिललाई दोषी ठहर गर्दै २० वर्ष जेल र ११ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जरिबानाबापतको रकम तिर्न नसकेको खण्डमा थप एक वर्ष जेल सजाय हुने अदालतको फैसला छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य लाभपछि काममा फर्किए रहमान
-
५ लाख ३० हजार आप्रवासीहरू बारेमा ट्रम्पले लिए ठुलो निर्णय
-
दक्षिण ढोका–मूलपानी बाटो खोल्न प्रयास गर्ने रक्षामन्त्रीको प्रतिबद्धता
-
बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु
-
राष्ट्रियसभाको बैठक आइतबार बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
जलवायु परिवर्तनले हिमनदीमा प्रभाव पर्दा खानेपानी र जलविद्युतमा असर परिरहेको छ : मन्त्री यादव