६२ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू !

काठमाडौँ । विश्व खेलकुदमा कीर्तिमानहरु तोडिनु सामान्य प्रक्रिया हो । सायद त्यसैले वेस्टइन्डिजका महान क्रिकेटर ब्रायन लाराले कुनै समय भनेका थिए, ‘कीर्तिमानहरु तोडिनैका लागि बन्ने गर्छन् ।’
अहिले विश्व क्रिकेटमा यस्तै एउटा रमाइलो कीर्तिमान बनेको छ । यो कीर्तिमान विश्व क्रिकेटमा स्थापित राष्ट्रका खेलाडीको नाममा भने लेखिएको होइन । यो कीर्तिमान फल्कल्यान्ड आइल्यान्ड्सका खेलाडीको नामसँग जोडिएको हो ।
सामान्यतः क्रिकेट खेलाडीले ४० वर्ष पुग्नुअघि नै सक्रिय खेलजीवनबाट सन्न्यास लिइसकेका हुन्छन् । विश्व खेलकुदमा ४० वर्ष उमेर पुगिसकेका खेलाडीलाई विरलैमात्र देख्न सकिन्छ । तर, फल्कल्यान्ड आइल्यान्ड्सका एक खेलाडीले ६२ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका छन् ।
फल्कल्यान्ड आइल्यान्ड्सका क्रिकेट खेलाडी एन्ड्र्यू ब्राउनलीले ६२ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका हुन् । यो आफैमा विश्व कीर्तिमान हो । उनले मार्च १० तारिखमा कोस्टा रिकाविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेको समाचारमा जनाइएको छ ।
उक्त खेलमा एन्ड्र्यू ब्राउनलीले ‘डेब्यू’ गर्दा उनको उमेर ६२ वर्ष एक सय ४७ दिन पुगेको थियो । फल्कल्यान्ड आइल्यान्ड्सले कोस्टा रिकाविरुद्ध तीन खेलको शृंखला खेलेको थियो । दोस्रो खेल ११ तारिख र तेस्रो खेल १२ तारिखमा खेलिएको थियो । ति तीनवटै खेल एन्ड्र्यू ब्राउनलीले खेलेका थिए ।
यद्दपि, प्रतियोगितामा उनको प्रदर्शन निराशाजनक रहेको थियो । तीनवटै खेलमा गरेर उनले केवल ६ रन बनाएका थिए । उनले दोस्रो खेलमा बलिङ पनि गरेका थिए । तर, उनले विकेट भने लिन सकेका थिएनन् ।
रमाइलो पक्ष त के हो भने, फल्कल्यान्ड आइल्यान्ड्सले खेलेको पनि यो नै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हो । योसँगै फल्कल्यान्ड आइल्यान्ड्स अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने विश्वको १०६औँ राष्ट्र बन्न पुगेको छ ।
फल्कल्यान्ड आइल्यान्ड्सको टोलीमा रहेका तीनजना खेलाडीको उमेर ५६ वर्षभन्दा बढी छ । कोस्टा रिकाविरुद्ध मैदानमा ओर्लिएका ११ खेलाडीमध्ये दुईजनालाई छाडेर अन्य खेलाडीको उमेर ४० वर्षभन्दा बढी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युजवेन्द्र चहलले धनश्री वर्मालाई दिनुपर्ने भयो ४ करोड भारु गुजारा भत्ता
-
उच्च अदालतमा लामिछानेले आधा घण्टा पर्खिए, तर पेसी हेर्न नमिल्नेमा
-
चैत ११ गते काठमाडौँसहित देशभर गणतन्त्रको पक्षमा सचेतना अभियान चलाउने एमालेको घोषणा
-
कस्तो भयो पहिलो दिनको एसइई ?
-
वर्तमान सरकार सुशासन कायम गर्न असफलः कांग्रेस नेता डा. कोइराला
-
‘सगरमाथा संवाद जलवायु न्यायका लागि आवाज उठाउने महत्त्वपूर्ण फोरम’