निटफेस्टमा पहिलो दिन 'उम्लिँदो खरानी'र 'लेम्लेमा' नाटक प्रदर्शन

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण औपचारिक रूपमा सुरु भएको छ। बुधबार थापागाउँस्थित मण्डला थिएटरको प्राङ्गणमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति नीशा शर्माले दमाहा बाजा बजाउँदै महोत्सवको सुरुवात गरिनन् ।
कार्यक्रममा शर्माले सन् २००० मा आरोहण गुरुकुल खोल्दाखेरी हामी सबै कलाकारले जागरूक भएर नाटकलाई एउटा गन्तव्यमा पुर्याउने सपना देखेका र त्यो दिन सम्झेर अत्यन्त खुसी लागेको बताइन् । उनले अहिलेको रंगमञ्चलाई नयाँ पुस्ताका कलाकारले धानेको देख्दा गर्व लागेको बताइन् ।
कुलपति शर्माले विदेशीहरू हिमाल हेर्नमात्र नेपाल आउने नभई यहाँको कला संस्कृति बुझ्न पनि आउने बताइन् ।
महोत्सवमा स्वागत मन्तव्य राख्दै निटफेस्टका अध्यक्ष तथा अभिनेता दयाहाङ राईले हिजोको रङ्गमञ्चको यात्रादेखि आजसम्म आइपुग्दा हामीलाई पुरानो पुस्ताले आफ्नो ज्ञान र अनुभव हस्तान्तरण गरेको बताए । उनले आफ्नो पुस्ताले सिकेको ज्ञान र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रक्रियामा महोत्सवको तेस्रो संस्करण आयोजना भएको धारण राखे ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, चाइना थिएटर असोएसिनका महासचिव ली हाई ची, जापानकी थिएटर निर्देशक इरिना सजी, जिआइजेटकी शान्ति सल्लाहकार मालिन फेट्याट, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
चैत १२ गतेसम्म चल्ने महोत्सव १२ देशका १७ नाटक मञ्चन हुँदै छन्। महोत्सवमा नाटकसँगै कविता, सङ्गीत, नृत्य प्रदर्शनी लगायत कार्यक्रमहरू समावेश छन्। महोत्सवको पहिलो पशुपति राईद्वारा निर्देशित 'उम्लिँदो खरानी' र 'लेम्लेमा' नाटक प्रदर्शन भयो । त्यसपछि २३ कविले कविता प्रस्तुत गरेका थिए । किरण नेपाली र दीप्सन पुतुवारले ‘फोकट्र्रोनिक्स’ शीर्षकमा दिएको साङ्गीतिक प्रस्तुतिसँगै पहिलो दिनको कार्यक्रम सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय सरकारले गाउँ गाउँमा सिंहदरबार पुर्याएको छ : प्रधानमन्त्री
-
प्रचण्डको टिप्पणी– विद्यार्थीको निर्वाचनको रुझानले बढो राम्रो सङ्केत दियो
-
प्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा दायर
-
माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गयाे : अध्यक्ष प्रचण्ड
-
खल्तीमा बोकेको मोबाइल पड्किँदा अण्डकोष नै फुट्यो
-
लुम्बिनी प्रदेशमाथि कर्णाली प्रदेशको रोमाञ्चक जित