चीनमा पोखरा चिनाउँदै पोखरेली, नियमित उडानमा जोड (तस्बिरहरू)
_hDGVL31KdH.jpg)
छन्दु । सिचुआन इन्टरनेशनल ट्राभलकी झाङ जीनलाई आजसम्म पोखराका बारेमा जानकारी छैन। २० वर्षदेखि विश्वका विभिन्न देशमा पर्यटक पठाउँदै आएकी उनले भनिन्, 'यति सुन्दर सहर नेपालमा रहेछ। यो भन्दा अगाडि पोखराबारे थाहा थिएन।'
अबदेखि आफ्ना पर्यटकलाई पोखरा भ्रमणका लागि पठाउने उनको प्रतिबद्धता छ । उनलाई मात्रै होइन, दर्जनाैँ टूर अपरेटर आजसम्म पर्यटनको राजधानी पोखराबारे अनविज्ञ छन् । उनीहरूलाई पोखराबारे थाहा पाउन पोखरादेखि छन्दुसम्मको सीधा उडान कुर्नुपर्यो ।
मंगलबार सिचुआन एयरको जहाज चढेर पोखराबाट सीधै छेड्दु पुगेको पोखरेली टोलीले आयोजना गरेको फ्लाइट प्रोमोसन एण्ड नेपाल सेल्स मिसनमा सहभागी चिनियाँ टूर अपरेटरहरु आफ्नो मार्केटमा अबदेखि पोखराबारे प्रचार गर्ने बताउँछन्।
'पोखराबारे धेरै कुरा जान्न पाएँ। अब गएर मार्केटमा प्रचार गर्छु,' सिचुआन चाइना इन्टरनेसनल ट्राभल सर्भिसका प्रतिनिधि जीन फेङ भन्छन्, 'धेरै भन्दा धेरै पर्यटक पोखरा लैजान मद्दत गर्नेछु।' पोखरा महानगरपालिकाको नेतृत्वमा पोखराका पर्यटन व्यवसायीहरू पोखराको प्रवर्द्धन गर्न चीन भ्रमणमा निस्किएका हुन्।
टोलीले बुधबार छन्दु का टूर अपरेटरसँग छलफल गर्यो। यसअघि थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, ताइवान लगायत देशमा आफना पर्यटकलाई भ्रमण गराएका उनीहरुले अब पोखरालाई प्राथमिकता दिने जनाएका छन्। 'दुईपटकसम्म मैले नेपालमा पर्यटक पठाएको छु,' सिचुआन नेसनल ट्राभल कम्पनीकी जीओ लिले भनिन्, 'तर पोखरा पठाएका थिइनँ। पोखरा मेरो प्राथमिकतामा पर्छ। म पनि घुम्छु।'
पहिलो पटक पोखराबाट छन्दु सीधा उडान भएको छ। व्यावसायिक चार्टर उडान मार्फत पोखरा छन्दु जोडिएको हो। छन्दु को कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा छन्दु उडानले दुई सहरबीचको सम्बन्ध प्रगाढ हुने र पर्यटन प्रवर्द्धनमा कोशेढुंगा बन्ने दाबी गरे।
'यो उडानले दुई देशको सम्बन्धलाई अझ मजबुत बनाउने छ। सांस्कृतिक र पर्यटकीय सम्बन्ध विस्तार गर्ने ऐतिहासिक पलको प्रस्थान विन्दु बन्नेमा हामी विश्वस्त छौँ,' उनले भने, 'नेपाल र चीनको ७० औँ वर्ष मनाइरहँदा नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेकोमा चीन सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। पोखरा महानगरले पनि यो वर्षलाई प्रस्थान विन्दु बन्नेमा हामी विश्वस्त छौँ,' उनले भने, 'नेपाल र चीनको ७० औँ वर्ष मनाइरहँदा नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेकोमा चीन सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। पोखरा महानगरले पनि यो वर्षलाई पोखरा भ्रमण वर्ष मनाइरहँदा यो अवसर अझै विशेष हुन पुगेको छ।'
सिचुआन एयरलाइन्सले लगातार १० हप्तासम्म पोखरा छन्दु उडान भर्नेछ । १ हजार २ सय ५० पर्यटक पोखरा जाने गरी कम्पनीले टिकट बिक्री गरिसकेको छ । अहिले चार्टर उडान भएपनि यसलाई नियमित उडान बनाउन सके दुबै देश घुम्ने पर्यटकलाई सहज हुने मेयर आचार्यले सुनाए। 'उडानले नेपाली पर्यटकलाई सिचुआन आउन र यहाँका पर्यटक सोझे पोखरा आउनुहुनेछ । तसर्थ यसलाई नियमित उडान बनाउन पहल गर्नुपर्नेछ,' अघि भने, 'हामी तपाईँलाई पोखरामा स्वागत गर्न आतुर छौँ । पोखराको सुन्दरता र संस्कृतिलाई नजिकबाट अनुभव गराउन चाहान्छौं । दुई सहरबीच व्यापार व्यवसाय मात्रै नभएर मन, भावना र मित्रतामा गहिरो सम्बन्ध जोडियोस् भन्ने कामना गर्दछु ।'
अहिले पोखरा चिनियाँ पर्यटकको पनि आकर्षक गन्तव्य बनेको आचार्यले बताए। पोखरा महानगरपालिकाले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेको छ । जसका लागि पर्यटकीय प्याकेजहरू निरन्तर घोषणा गरिरहेको छ ।
सिचुआन प्रान्तको परराष्ट्र मामिला उपनिर्देशक लिउ मिनले चिनियाँ पर्यटकलाई पोखरा भ्रमणका लागि प्रोत्साहन गर्ने बताइन्। 'पोखराको हिउँदले ढाकिका पहाडहरू, शान्त ताल र समृद्ध सांस्कृतिक रीतिरिवाजहरू साँच्चै मनमोहक छन्,' उनी भन्छिन्, 'पोखराका साथीहरूलाई सिचुआन भ्रमण गर्न स्वागत गर्दछौँ र थप चिनियाँ पर्यटकलाई पोखरा भ्रमण गर्न सक्रिय रूपमा प्रोत्साहित गर्नेछौँ।' उनले पोखरादेखि छन्दु सीधा उडानले नेपाल र चीनबीच बढ्दो सम्बन्धलाई मजबुत बनाउने र पर्यटन विकासमा योगदान पुग्ने बताइन्।
'यो उडानले समय र स्थान दुवैमा दुई सहरहरूबिचको दुरीलाई उल्लेखनीय रूपमा घटाउँछ र दुवै पक्षका पर्यटकहरूका लागि सुविधाजनक, आकर्षक र प्रभावकारी यात्राको ज्ञारेण्टी गर्दछ,' अघि भनिन्, 'पोखराको फेवाताल र माछापुच्छ्रेलाई सिचुआनको जिउजाइगो उपत्यका र इमिसँग जोडेर विश्वस्तरीय पर्यटकीय गन्तव्यहरूबिच तालमेल गर्न सके पर्यटनमा उत्कृष्ट गन्तव्य थप्न सकिने छ।'
पोखरादेखि छन्दु उडानले पर्यटनमा नयाँ आसा पलाएको दुवै देशका पर्यटन व्यवसायीहरू बताउँछन्। 'नेपालमा सबैभन्दा बढी समस्या बाटोघाटोमा छ । यो उडानले बाटोको समस्या केही हदसम्म समाधान होला,' सिचुआन ग्लोबल इन्टरनेसनल ट्राभल एजेन्सी लि क्युविडले भने। उनले खानेकुरामा पनि चिनियाँ रोजाइका खानेकुरालाई पनि पोखराका होटल तथा रेष्टुरेण्टका मेन्युहरुमा राख्न सुझाव दिए। 'हाम्रा पर्यटकलाई नेपालमा खानेकुरा सबैभन्दा बढी समस्या बाटोघाटोमा छ। यो उडानले बाटोको समस्या केही हदसम्म समाधान होला,' सिचुआन ग्लोबल इन्टरनेसनल ट्राभल एजेन्सी लि क्युविङले भने।
उनले खानेकुरामा पनि चिनियाँ रोजाइका खानेकुरालाई पनि पोखराका होटल तथा रेष्टुरेण्टका मेन्युहरुमा राख्न सुझाव दिए। 'हाम्रा पर्यटकलाई नेपालमा खानेकुरा मिल्दैन । जसरी नेपालीहरु जहाँ गएपनि भात खोज्छन्, त्यसैगरी चिनियाँहरु आफ्नै पहिचानको खाना खोज्छन्,' अघि थपे, 'त्यस्तो खाना सबैतिर पाउन सकिएको छैन। होटल र रेष्टुरेण्टहरुले चिनियाँ खाना मेन्युमा राखिदिनुपयो ।'
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी पनि सीधा उडानले पोखरा र छेडदुको भुगोलसँगै भावना पनि जोडिएको बताउँछन् । 'यो उडानले पोखराको प्रकृति, संस्कृति र ऐतिहासिक पक्षहरूसँग सीधा सम्पर्क गराएको छ । उसैगरी सिचुआनका हिमाल र प्रकृतिसँग पनि पोखरा जोडिन पाएको छ,' उनले भने,'अब दुवै देशका अपरेटरको काँधमा जिम्मेवारी आएको छ कि दुई देशका पर्यटकलाई जतिसक्दो धेरै आदानप्रदान गर्न सकौँ । टूर यसबाट दुवै देशको हित हुनेछ।' मंगलबार भएको पहिलो उडानबाट चीनका १ सय २७ पर्यटक पोखरा ओर्लिएका छन् भने पोखराबाट पर्यटन व्यवसायी सम्मिलित १ सय २६ जनाको टोली छन्दु ओर्लिए । उक्त टोलीको नेतृत्व पोखरा महानगरका मेयर आचार्यले गरेका थिए।
नेपाल र चीनका पर्यटकहरूलाई आपसमा भाषिक समस्या बढी भएकोले सहकार्यका लागि सरकारले पहल गर्नुपर्ने माग राखेका छन् । पोखरा भ्रमण वर्षका कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराई निजी क्षेत्रबाट सक्दो प्रयास गरिएको भन्दै राज्यले पूरा गर्नुपर्ने दायित्वलाई प्राथमिकता दिनुपर्ने बताउँछन् ।
'निजी क्षेत्रले आफ्ने खर्चमा यतिसम्म पहल गर्न सकेको छ । यसको फाइदा व्यवसायीको मात्रै होइन, राज्यलाई नै हो,' उनले भने, 'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनदेखि पर्यटनमा जतिपनि समस्या छन्, समाधानका लागि पहल होस् ।' चीनका विभिन्न सहरमा पोखराबाट सीधा उडान हुनुपर्ने उनको सुझाव छ । चीनसँगै भारत र अन्य देशहरूमा समेत उडान भए पर्यटकको संख्या उल्लेख्य बढ्नेमा व्यवसायीहरू आसावादी छन् । दुवै देशका व्यवसायीहरुलाई जोड्न नेपाल पर्यटन बोर्डले बुधबार ने नेपाल सेल्स मिसन आयोजना गरेको थियो ।
कार्यक्रममा व्यवसायीले आपसी संवाद र आफ्ना उत्पादन चिनाएका छन् । पर्यटन बोर्ड पोखराको पर्यटन विकासमा सँगै रहने बोर्डका पोखरा प्रमुख मणिराज लामिछानेले बताए। प्रोमोसन फ्लाइटको संयोजक पोखरा पर्यटन परिषद्का महासचिव जीवन सापकोटाले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरिक्षमा महिनौं फसेका सुनिता र बुचले कति पाउँछन् क्षतिपूर्ति ?
-
रिक्त ६ एआईजीमा बढुवाका लागि तीव्र प्रतिस्पर्धा
-
८ महिनामा ४२ अर्बको खाद्यान्न आयात, चामलमा मात्रै १२ अर्ब खर्च
-
तेल कम्पनीको मानमर्दन मामिलाः ग्रिनपिसलाई ६६ करोड डलरभन्दा बढी जरिवाना
-
भन्सार बिन्दुबाट ३ खर्बभन्दा बढी राजस्व संकलन
-
चीनसँगका १४ नाका पुनःसञ्चालन गर्न सात वर्षअघि नै हस्ताक्षरः प्रधानमन्त्री ओली