बंगलामुखिको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल

आज विक्रम संवत २०८१ साल चैत्र ७ गते, बिहीबार । ईश्वी सन् २०२५ मार्च २० तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । तिथि–षष्ठी, ४२ घडी ५ पला, बेलुकी ११ बजेर ० मिनेट उप्रान्त सप्तमी । नक्षत्र-अनुराधा, ३५ घडी २३ पला, बेलुकी ८ बजेर १९ मिनेट उप्रान्त ज्येष्ठा । योग–बज्र, २३ घडी ३९ पला, दिउसो ३ बजेर ३८ मिनेट उप्रान्त सिद्धि । करण–गर, बिहान १० बजेर १५ मिनेट उप्रान्त वणिज, बेलुकी ११ बजेर ० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १४ मिनेट । दिनमान ३० घडी १० पला ।
आजको बार बेला
बिहान ०६ बजेर १० मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर ११ मिनेटदेखि बिहान ७ बजेर ४१ मिनेटसम्म रोग बेला ।
बिहान ७ बजेर ४२ मिनेटदेखि बिहान ९ बजेर ११ मिनेटसम्म उद्धेग बेला ।
बिहान ०९ बजेर १२ मिनेटदेखि बिहान १० बजेर ४२ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ४३ मिनेटदेखि बिहान १२ बजेर १२ मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर १३ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म अमृत बेला ।
दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर १३ मिनेटसम्म काल बेला ।
दिउँसो ४ बजेर १४ मिनेटदेखि बेलुकी ४ बजेर ४४ मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर ४५ मिनेटदेखि बेलुकी ७ बजेर ४४ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १ बजेर ४२ मिनेटदेखि दिउँसो ३ बजेर १३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ४ बजेर ३५ मिनेटदेखि बिहान ५ बजेर २३ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुःख पाइनसक्छ । पुरानो रोगले सताउन सक्छ, ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाती रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ । र पनि अध्ययनमा राम्रो अंक ल्याउन सकिनेछ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) आर्थिक पक्ष बलियो रहने हुनाले जीवन शैली विलासी रहनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रशन्न रहनेछ । रमाइलो यात्रा तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुशी रहनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्तत तपाईंकै पक्षमा नतिजा आउदा मन खुशी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाहमार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) अध्ययनमा मन जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । स्कुल, कलेज बैक तथा वित्तीय क्षेत्रबाट भनेजस्तो आम्दानी हुनेछ । आफुले मन पराएको मानिसबाट उपहार तथा विलाशी वस्तु प्राप्त हुनेछ । व्यापार प्रशस्त आम्दानी हुनेछ भने नोकरीमा बढुवा हुने योग रहेकोछ । वंश बृद्धिको योगलाई नकार्न सकिदैन ।
सिंह (मा,मी,मु,मे,मो,टा,टि,टु,टे) अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । आमा तथा आफन्तबाट आउने सल्लाह तथा सुझावलाई मानेर अगाडि बढ्नुहोला । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईंको कामदेखि सबै खुशी हुनेछन् । र, पनि राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य बृद्धि गर्न सकिने साथै दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुँदा मन प्रशन्न हुनेछ । उद्योग, शेयर बजार तथा व्यापारमा लगानी बढाई भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो, रमाइलो तथा उपलब्धिमूलक यात्रा हुने अधिक सम्भावना रहेको छ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईंको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत संगीत तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) राजनीति कर्मीहरुका लागि जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । विद्यार्थी वर्गका लागि मेहनेत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा विलाशिताका सर सामान प्रयोग गरी अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि विछोड भएका मित्रहरुसँग भेट हुनाले दिन रमाइलो गरि बिताउन सकिनेछ । राजनीतिमा पद प्राप्तिको योग रहेकोछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । र, पनि लामो दुरीको विदेश यात्रा तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ । अध्ययनमा मन जानेछ भने नतिजा तपाईं आफैतिर ल्याउन सकिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) मनपरेको मानिसबाट चिट्ठा तथा उपहार पाइने हुँदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाइनेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृड हुनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता प्राप्त हुनेछ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्नका लागि आफन्तबाट आवश्यक कामहरु हुनेछन् । शेयरबजारमा गरिने लगानीबाट मनग्गे लाभ लिन सकिनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) चुनौतिहरुलाई किनारा लगाउदै कामहरु बनाउन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुन सकिनेछ । व्यवसाय, शेयरबजारको लगानी फस्टाएर जानेछ । अध्ययनमा समय दिई आफ्नो विद्या निखार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईंको कामदेखि सबै प्रशन्न हुनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरुले तपाईको काम समयमा गरिदिने हुनाले समय र रुपैया पैसाको बचत हुनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै छुटिंदा मन प्रशन्न हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्रा तय गर्न सकिनेछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आह्वान
-
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग
-
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यको सिफारिस
-
प्रतिनिधिसभामा उठ्यो महायज्ञ गर्न डोम परिवारको उठिबास लगाएको विषय
-
युक्रेनको ऊर्जा केन्द्र अमेरिकाले चलाउने ट्रम्पको सङ्केत
-
हुथी विद्रोहीहरूद्वारा इजरायलमाथि मिसाइल प्रहार