१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. आरआर क्याम्पसको ताला खुल्यो
रत्न राज्यलक्ष्मी क्याम्पस (आरआरं मा अनेरास्ववियुले लगाएको ताला खुलेको छ । क्याम्पस प्रशासनसँग सहमति भएपछि अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले लगाएको ताला खोलेको हो ।
२. प्लाइउड निर्यात
पछिल्लो समय भारतमा नेपाली प्लाइउड निर्यात रोकिएको छ । भारतको गुणस्तर मान्यता प्राप्त प्रमाणपत्र ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआईएस) लिनुपर्ने भएपछि प्लाइउड निर्यात रोकिएको हो ।
३. लोडसेडिङ
चैत २ गते शनिबारदेखि औद्योगिक क्षेत्रमा विद्युत् व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणलाई समस्या परेको छ । भारतबाट बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै बिजुली आयात हुन थालेपछि विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई समस्या भएको हो ।
४. मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान
बागमती प्रदेश सरकार मातहत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको ५ वर्ष पूरा भएको छ । बारम्बार राजनीतिक चलखेलको सिकार बन्दै आएको प्रतिष्ठानको अहिलेसम्म न आफ्नै भौतिक संरचना छ, न त अस्पताल ।
५. व्यवस्थामाथि चुनौती
वर्तमान व्यवस्थामाथि धावा बोल्दै पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएपछि सत्ताधारी दल र विपक्षी दल एक ठाउँमा उभिने तयारीमा छन् । प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र बचाउन आफूलाई साथ दिन आह्वान गरेका थिए । फागुन २५ गते पोखराबाट काठमाडौँ आएका उनलाई राजावादीहरूले भव्य स्वागतसहित निर्मल निवाससम्म पुर्याएका थिए ।
६. कांग्रसमा सदस्यताको लफडा
नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणमा देशभरका १९ जिल्लामा विवाद देखिएको छ । पार्टी महामन्त्री गगन थापाको संयोजकत्वको केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा १९ जिल्लामा क्रियाशील सदस्यता नवीकरणमा विवाद भएको यकिन भएको हो ।
७. अपराध
पोखराकी ‘माछापुच्छ्रे क’ (नाम परिवर्तित) की ८ कक्षामा पढ्ने १५ वर्षीय माइली छोरी ‘जावलाखेल २४’ (नाम परिवर्तित) सधैँझैँ गत फागुन २७ गते पढ्न भनेर किताबसहित ब्याग बोकेर विद्यालय गइन् । तर दिउँसो स्कुलबाट शिक्षकले आमा (फोन माछापुच्छ्रे ‘क’) लाई फोन गरेर सोधे, ‘छोरीलाई आज किन स्कुल नपठाएको ?,
८. सर्वोच्चमा बहस
चार वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा अध्यादेश जारी गरी ५२ संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिटमा बुधबार पाँच कानुन व्यवसायीले बहस गरेका छन् ।
९. खाता रोक्का
३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने चिनियाँ कम्पनीलाई गर्नुपर्ने भनिएको भुक्तानी विवादमा नेपाल विद्युत् प्राधिकरणका बैंक खाता केही दिन रोक्का हुन पुगेको छ । चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप (सीजीजीसी) र पिज्डम पिंगाओ जेभीसहितले करोडौँ रकम मागदाबी गरी दायर गरेको मुद्दामा पाटन उच्च अदालत र काठमाडौँ जिल्ला अदालतको फैसला कार्यान्वयन हुँदा बैंक खाता रोक्का हुन पुगेको हो ।
१० . नागरिक उन्मुक्तिभित्रै अन्योल
डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता प्रक्रिया तीव्र रूपमा अगाडि बढेको भनिए पनि रेशम चौधरी र रञ्जिता श्रेष्ठबिचको विवादले अन्योल बढेको छ ।
११. विभेद
पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका–५ स्थित सडक किनारमा दिपक मरिक (डोम) बस्ने नयाँ छाप्रो ठडिएको छ । त्यही छाप्रो पनि दुई वटा कोठामा विभाजन गरिएको छ । कोठाका दुवै दैलोमा भगवान् महादेव, विष्णु, गणेश, लक्ष्मी सरस्वतीका फोटो टाँसिएका छन् ।
१२. नाइजेरियामा सङ्कटकाल घोषणा
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनीतिक सङ्कटपछि रिभर्स राज्यमा सङ्कटकाल घोषणा गरेका छन् । मङ्गलबार राति एक राष्ट्रिय प्रसारणमा टिनुबुले तत्काल प्रभावबाट लागू भएको देशको सन् १९९९ को संविधानको धारा ३०५ को परिमार्जित प्रावधान लागू गरी सङ्कटकाल घोषणा गर्न आवश्यक भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब तनहुँको गाउँमा पनि ‘डायलासिस’ सेवा, चार जिल्लाका विरामीलाई पायक पर्ने
-
लगानी गर्ने ठाउँ खोज्दै कोरियाली टोली झापा पस्यो
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा