‘समयले जन्माएका कथाहरू’ लोकार्पण

धरान । कथाकार शुभचन्द्र राईको कथा सङ्ग्रह ‘समयले जन्माएका कथाहरू’ आज यहाँ लोकार्पण गरिएको छ । धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तिलक राई, भाषाविद् प्रा डा टङ्कप्रसाद न्यौपाने, नाट्यकर्मी गोपाल देवान र कथाकार शुभचन्द्र राईले संयुक्त रुपमा कथासङ्ग्रह विमोचन गरेका हुन् ।
कथाको समीक्षा गर्दै प्रा डा न्यौपानेले भने, ‘शुभचन्द्रका सात वटा कथा पढ्दा भाषामा जनबोली रहेको छ । गाउँघरमा हामी जे बोल्छौँ, त्यो यहाँ आएको छ, कथामा ग्रामीण परिवेश आएको छ ।’ अर्का समीक्षक गोपाल देवानले नेपाली साहित्यको क्षेत्रमा यस कथा सङ्ग्रहले एउटा इँटा थप्न सफल भएको बताए । उनले शिल्पगत हिसाबमा सङ्ग्रहका कथाहरु सशक्त रहेको बताए ।
कथाकार राईले आफूले सत्य घटनालाई नै कथाका रूपमा उतारेको बताए । ओखलढुङ्गाको वामद्यालमा २०२४ सालमा जन्मिएका उनी वाम्बुले राई भाषाका लेखकसमेत हुन् । हाल उनी बेलायतमा बसोबास गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठूला योजनामा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेश
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?