बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : फेरि लोडसेडिङको चर्चा, सुराक दिने मालामाल

बुधबार, ०६ चैत २०८१, २२ : ००
बुधबार, ०६ चैत २०८१

आज २०८१ चैत ६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • प्लाइउड निर्यात

 पछिल्लो समय भारतमा नेपाली प्लाइउड निर्यात रोकिएको छ । भारतको गुणस्तर मान्यता प्राप्त प्रमाणपत्र ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआईएस) लिनुपर्ने भएपछि प्लाइउड निर्यात रोकिएको हो । 

  • लोडसेडिङ

चैत २ गते शनिबारदेखि औद्योगिक क्षेत्रमा विद्युत् व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणलाई समस्या परेको छ । भारतबाट बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै बिजुली आयात हुन थालेपछि  विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई समस्या भएको हो ।

  • मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

बागमती प्रदेश सरकार मातहत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको ५ वर्ष पूरा भएको छ । बारम्बार राजनीतिक चलखेलको सिकार बन्दै आएको प्रतिष्ठानको अहिलेसम्म न आफ्नै भौतिक संरचना छ, न त अस्पताल ।

  • व्यवस्थामाथि चुनौती

वर्तमान व्यवस्थामाथि धावा बोल्दै पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएपछि सत्ताधारी दल र विपक्षी दल एक ठाउँमा उभिने तयारीमा छन् । प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र बचाउन आफूलाई साथ दिन आह्वान गरेका थिए । फागुन २५ गते पोखराबाट काठमाडौँ आएका उनलाई राजावादीहरूले भव्य स्वागतसहित निर्मल निवाससम्म पुर्‍याएका थिए ।

  • कांग्रसमा सदस्यताको लफडा

नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणमा देशभरका १९ जिल्लामा विवाद देखिएको छ । पार्टी महामन्त्री गगन थापाको संयोजकत्वको केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा १९ जिल्लामा क्रियाशील सदस्यता नवीकरणमा विवाद भएको यकिन भएको हो । 

  • अपराध

पोखराकी ‘माछापुच्छ्रे क’ (नाम परिवर्तित) की ८ कक्षामा पढ्ने १५ वर्षीय माइली छोरी ‘जावलाखेल २४’ (नाम परिवर्तित) सधैँझैँ गत फागुन २७ गते पढ्न भनेर किताबसहित ब्याग बोकेर विद्यालय गइन् । तर दिउँसो स्कुलबाट शिक्षकले आमा (फोन माछापुच्छ्रे ‘क’) लाई फोन गरेर सोधे, ‘छोरीलाई आज किन स्कुल नपठाएको ?’

  • सर्वोच्चमा बहस

चार वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा अध्यादेश जारी गरी ५२ संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिटमा बुधबार पाँच कानुन व्यवसायीले बहस गरेका छन् । 

  • खाता रोक्का

३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने चिनियाँ कम्पनीलाई गर्नुपर्ने भनिएको भुक्तानी विवादमा नेपाल विद्युत् प्राधिकरणका बैंक खाता केही दिन रोक्का हुन पुगेको छ । चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप (सीजीजीसी) र पिज्डम पिंगाओ जेभीसहितले करोडौँ रकम मागदाबी गरी दायर गरेको मुद्दामा पाटन उच्च अदालत र काठमाडौँ जिल्ला अदालतको फैसला कार्यान्वयन हुँदा बैंक खाता रोक्का हुन पुगेको हो । 

  • नागरिक उन्मुक्तिभित्रै अन्योल

डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता प्रक्रिया तीव्र रूपमा अगाडि बढेको भनिए पनि रेशम चौधरी र रञ्जिता श्रेष्ठबिचको विवादले अन्योल बढेको छ ।

  • विभेद

पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका–५ स्थित सडक किनारमा दिपक मरिक (डोम) बस्ने नयाँ छाप्रो ठडिएको छ । त्यही छाप्रो पनि दुई वटा कोठामा विभाजन गरिएको छ । कोठाका दुवै दैलोमा भगवान् महादेव, विष्णु, गणेश, लक्ष्मी सरस्वतीका फोटो टाँसिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?