माछाका लाखौँ भूरा निर्यात गर्दै मत्स्य प्रवर्द्धन केन्द्र

हेटौँडा । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडामा उत्पादित माछाका भूरा बागमती प्रदेशका विभिन्न जिल्लाका साथै मधेश प्रदेश र भारतमा पनि निर्यात गर्न थालिएको छ ।
केन्द्रका प्रमुख सरोजकुमार यादवका अनुसार खपत भएर बाँकी रहेको भुरा मधेस प्रदेश र भारतमा बिक्री गर्ने गरिएको हो । प्रमुख यादवका अनुसार केन्द्रमा दुई करोड ह्याचलिङ, १० लाख फ्राई, लाख फिङ्गर आकारका माछाको भूरा एक वर्षमा उत्पादन हुने गरेका छन् । जसमध्ये करिब ५२ लाख भूरा बागमती प्रदेशमा खपत हुँदैनन् ।
ती बढी हुने माछाका भूरा मधेस प्रदेश र भारततर्फ पठाउने गरेको यादवले जानकारी दिए । केन्द्रमा हाल कमनकार्पको भूरा उत्पादन भईरहेको र अब एक महिनापछि ग्रास, रहु, नैनी, बिगहेड र सिल्भर कार्प उत्पादन गरिने उनले जानकारी दिए ।
नेपालको नदी ताल, तलैयाका लागि भने केन्द्रले सहर र गर्दी माछाको भूरा उत्पादन गरेर खोलामा तथा प्राकृतिक जलाशयमा छाड्ने गरेको प्रमुख यादवले जानकारी दिए । केन्द्रले अहिले खोला नालामा अध्ययन अनुसन्धान गरिरहेकोले अनुसन्धानकै आधारमा सहर र गर्दी माछा उल्पादन गरिरहेको हो । पोखरीको बहुउपयोगसँगै केन्द्रले ४३ वटा पोखरीमा कमल, मखना, सिंगडा रोपेर आम्दानी बृद्धिको योजना बनाएको छ । त्यसैगरी गत आर्थिक वर्षमा एक लाखको बाख्रापालन गरेको केन्द्रले यस आर्थिक वर्षमा केराखेतीसमेत गर्ने तयारी गरेको प्रमुख यादवले जानकारी दिए ।
स्थानीय सरकार संरक्षण र प्रवर्द्धनको वाहक
मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाका प्रमुख सरोजकुमार यादवले स्थानीय सरकार नै संरक्षण र प्रवर्द्धनको सम्वाहक रहेको बताए । उनले आफ्नो कार्यालयमा जनशक्तिको अभाव र ७७ वटै जिल्लामा कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको बताउँदै कार्यान्वयनमा स्थानीय सरकारको सहयोग र भूमिका महत्त्वपूर्ण रहेको बताए ।
कुलेखानीमा तीन लाखको माछा बिक्री
मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा तीन लाखभन्दा बढीको माछा बिक्री गरेको छ । चालु आव २०८१/८२ मा एक हजार चार सय ३२ किलो माछा उत्पादन गरेर बिक्री बापत रु तीन लाख ३८ हजार दुई सय २१ राजस्व सङ्कलन गरेको हो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण