बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय

एसईईमा बागमतीका १ लाख ८ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने, कुन जिल्लाबाट कति ?

बुधबार, ०६ चैत २०८१, २१ : २०
बुधबार, ०६ चैत २०८१

हेटौँडा । बिहीबारदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ मा बागमती प्रदेशबाट एक लाख ८ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी हुने भएका छन् ।

 प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लाबाट नियमित तथा ग्रेडबृद्धि गरी एक लाख ८ हजार २६५ जना विद्यार्थी एसईईमा सहभागी हुने भएका हुन् । 

जसमध्ये ५२ हजार ४९० जना छात्रा, ५५ हजार ७७३ जना छात्र र २ जना अन्य रहेका छन् । मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लामा ४३८ परीक्षा केन्द्रहरूको व्यवस्था गरी परीक्षा सञ्चालन हुने व्यवस्था गरिएको छ । 

मन्त्रालयका अनुसार प्रदेशमा सबैभन्दा धेरै काठमाडौँका ३९ हजार ३८२ जना र सबैभन्दा कम रसुवाका ५३३ जना विद्यार्थी एसईईमा सहभागी हुने छन् । 

यसैगरी भक्तपुरका ६ हजार ५९४, चितवनका १२ हजार ४६०, धादिङका ५ हजार ४६४, दोलखाका २ हजार ८३३, काभ्रेका ६ हजार ३९७, ललितपुरका १० हजार ५९९, मकवानपुरका ७ हजार ४८१, नुवाकोटका ४ हजार ६१४, रामेछापका २ हजार ७०४, सिन्धुलीका ५ हजार ७८१ र सिन्धुपाल्चोकका ३ हजार ४२३ जना विद्यार्थीले एसईईमा सहभागिता जनाउने भएका छन् ।

परीक्षालाई व्यवस्थित रूपमा सञ्चालन गर्न प्रदेश भरमा ४३८ जना केन्द्राध्यक्ष, ८२८ जना सहायक केन्द्राध्यक्ष, ५ हजार ४०५ जना निरीक्षक, एक हजार ९१ जना परीक्षा सहायक, २ हजार १५३ जना कार्यालय सहयोगीसहित ९ हजार ९१५ जना प्रशासनिक जनशक्ति परिचालन हुने भएका छन् । 

सामाजिक विकास मन्त्रालयका सचिव एवम् परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति बागमती प्रदेशका अध्यक्ष बद्रीनाथ गैरेले परीक्षालाई व्यवस्थित, अनुशासित मर्यादित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सबै तयारी भइसकेको बताए । उनले परीक्षार्थीहरूको लागि भयरहित एवं मर्यादित वातावरणको सुनिश्चितता गर्न स्थानीय प्रशासन, स्थानीय तह, सञ्चारकर्मी, शिक्षकका पेशागत समुदाय, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, विद्यार्थीलगायत सम्पूर्णलाई आग्रह समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?