बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा एसईईकाे तयारी पूरा, ढुक्क भएर परीक्षा  दिन मुख्यमन्त्रीकाे आग्रह

बुधबार, ०६ चैत २०८१, २० : ५०
बुधबार, ०६ चैत २०८१

लुम्बिनी । लुम्बिनी प्रदेशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को तयारी पूरा भएको छ । बिहीबार बिहान ८ बजेदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । यस वर्ष प्रदेशभर ९४ हजार नौ सय ८ परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । 

परीक्षा व्यवस्थित रूपमा सञ्चालन गर्न तीन सय ४८ परीक्षा केन्द्र तोकिएको छ भने आठ हजार छ सय कर्मचारी परिचालन गरिने छन् । शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार परीक्षा सञ्चालनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको र विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगेर जाँचमा बस्न मात्रै बाँकी छ । 

यस वर्ष रुपन्देहीमा सबैभन्दा धेरै २२ हजार छ सय २३ परीक्षार्थीले परीक्षा दिनेछन् भने दाङमा १४ हजार दुई सय ५४, कपिलवस्तुमा नौ हजार चार सय ६१, बाँकेमा १० हजार दुई सय ७४ परीक्षार्थी सहभागी हुनेछन् । पाल्पामा चार हजार नौ सय १०, गुल्मीमा चार हजार आठ सय ५७, अर्घाखाँचीमा तीन हजार चार सय ६५, रोल्पामा चार हजार सात सय ६५, प्यूठानमा चार हजार नौ सय ४०, बर्दियामा सात हजार सात सय ६२, नवलपरासी पश्चिममा छ हजार तीन सय ९७, रुकुमपूर्वमा एक हजार दुई सय परीक्षार्थी सहभागी हुँदैछन् । नियमिततर्फ ७४ हजार पाँच सय ९८ परीक्षार्थी छन् भने ग्रेड वृद्धिका लागि २० हजार तीन सय १० परीक्षार्थीले परीक्षा दिनेछन् । 

यसैगरी, प्राविधिकतर्फ तीन हजार एक सय ७४ विद्यार्थीले परीक्षा दिने भएका छन् । परीक्षा निष्पक्ष र मर्यादित बनाउन आठ हजार छ सय कर्मचारी परिचालन हुँनेछन् । केन्द्राध्यक्ष ३४८, सहायक केन्द्राध्यक्ष ६३४, निरीक्षक चार हजार ७५८, सहायक ९५८ र कार्यालय सहयोगी एक हजार ९०२ जना परिचा न हुँदैछन् । परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गर्ने जनाएको छ । 

मुख्यमन्त्रीको आग्रहः ढुक्क भएर परीक्षा दिनुहोस्
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एसइई परीक्षामा सहभागी सबै विद्यार्थीलाई मनोबल उच्च राख्दै ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन् ।  उनले परीक्षा जीवनको एउटा महत्त्वपूर्ण चरण भए पनि दबाब नलिइ आत्मविश्वासका साथ प्रस्तुत हुन विद्यार्थीलाई आग्रह गरेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?