जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’ लोकार्पण

काठमाडौं । लेखक जीवा लामिछानेको नयाँ कृति ‘अक्षत अन्टार्कटिका’ लोकार्पण गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा बुधबार आयोजित एक विशेष समारोहमा लेखक जीवा लामिछाने र पत्रकार बसन्त बस्नेतले पुस्तक लोकार्पण गरे ।
कार्यक्रममा लेखक जीवा लामिछाने र पत्रकार बसन्त बस्नेतबीच पुस्तकका विषयमा विशेष अन्तर्संवादसमेत गरिएको थियो ।
हिउँको साम्राज्य अन्टार्कटिका जानुअघि नै आफूले लेख्छु भनेर गएको र यात्राकै क्रममा २५ हजार शब्द लेखिसकेको लेखक लामिछानेले बताए । ‘म अन्टार्कटिका लेख्ने तयारीसाथ गएको थिएँ,’ उनले भने, ‘फर्किएर आएपछि केही स्रोतसामग्री अध्ययन गरें । र पुस्तक लेखनलाई थप तीव्रता दिइहालें ।’ त्यसैले पनि एक वर्ष हाराहारीको समयमा पुस्तक ल्याउन सम्भव भएको लामिछानेले जनाए ।
‘अक्षत अन्टार्कटिका’मा लेखकले सन् २०२४ जनवरी १३ देखि २४ सम्मको अन्टार्कटिका यात्राका अनुभवहरू साझा गरेका छन् ।
अक्षत अन्टार्कटिका सरल भाषामा लेखिएको यस्तो यात्रा–वृत्तान्त हो, जसका हरेक अनुच्छेद र अध्यायले पाठकलाई पृथ्वीको सबैभन्दा रहस्यमय एवम् कौतुकमय स्थानको रोमाञ्चक भ्रमण गराउँछन् । यस पुस्तकले अन्टार्कटिकाको दृश्य–चित्र मात्र प्रस्तुत गर्दैन, पृथ्वीको भविष्यप्रति हामीलाई सचेत हुन प्रेरित पनि गर्छ ।
नियात्रा कृति भए पनि यसमा कतै आख्यानको छनक पाइन्छ, कतै काव्यात्मक अभिव्यञ्जना भेटिन्छ । यसमा कतै वैश्विक चिन्तन, चिन्ता र चासो व्यक्त भएका छन् भने कतै मानवीय सम्बन्ध र सरोकारलाई हार्दिकतासहित अभिव्यक्त गरिएका छन् ।
मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नातकोत्तर जीवा लामिछाने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक सदस्य एवम् पूर्वअध्यक्ष हुन् । बैङ्किङ, जलस्रोत, शिक्षा, स्वास्थ्य, बिमा, होटललगायत व्यवसायमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी गरेका उनी समाजसेवामा समेत सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !