बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय

मधेसी आयोगबाट बिदा भए अध्यक्ष डा.दत्त

बुधबार, ०६ चैत २०८१, २० : ४७
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त आज आफ्नो ६ वर्षको कार्यकाल समाप्त गरी पदबाट अवकाश लिई बिदा भएका छन् । 

नेपालको संविधान २०७२ जारी भएपछि मधेसी आयोगका प्रथम अध्यक्ष रूपमा डा. दत्तले २०७५ साल चैत्र ७ गते संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएका थिए ।

आफ्नो नेतृत्वमा आयोगले शून्य बेरुजु कायम गरी पुरस्कृत भएको, जनक दर्शन, आयोगको ६ वर्षको अवसर र चुनौती, मधेसी समुदायको राज्यमा पहुँच जस्ता दर्जनौँ प्रकाशन, संवैधानिक तवरबाट मधेसी को हुन् भन्ने पहिचान गरी मधेसी समुदायको थर सूचीकरण, नश्लीय दुर्व्यवहारका घटनाहरू माथि यथाशीघ्र कारबाही जस्ता महत्त्वपूर्ण कामहरू भएको अध्यक्ष डा.दत्तले जानकारी दिएका छन् |  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?