बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय

सरकार परिवर्तनको हल्ला चलाउनु माओवादीको स्टन्टबाजी : मन्त्री गुरुङ

बुधबार, ०६ चैत २०८१, २० : ४४
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नरहेको टिप्पणी गरेका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले अहिलेको सरकार नै राष्ट्रिय सरकार रहेको भन्दै अर्को राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नरहेको बताएका हुन् । 

माओवादी सत्तामा आउने बित्तिकै गणतन्त्र बलियो हुन्छ भन्ने तर्क उचित नभएको उनले बताए । उनले सरकार परिवर्तनको हल्ला चलाउनु माओवादीको स्टन्टबाजीमात्रै भएको जिकिर गरे ।

उनले राजावादीको चुनौती महसुस गरेको भए मोर्चाबाट सामना गर्न माओवादीलाई सुझाव दिए । उनले सरकार गठनका समयमा कांग्रेस र एमालेबिच भएको सहमतिमध्ये संविधान संशोधन मात्र हुन बाँकी रहेको र बाँकी सबै सहमति कार्यान्वयन भइरहेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?