खैरो हेरोइनसहित दुई जना पक्राउ
बुधबार, ०६ चैत २०८१, २० : ३२

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–९ बाट प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–८ घर भएका २५ वर्षीय मनिष भुजेल र सुनसरीको रामधुनी नगरपालिका–१ घर भएका २७ वर्षीय आयुष गुरुङ छन् ।
आरोपीहरूको साथबाट २२ ग्राम खैरो हेरोइन र आधा केजी गाँजा बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए । लागु औषध तौलन प्रयोग गरेको तराजु सहित भेटिएका उनीहरूलाई कानुनी कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !
-
१० बजे १० समाचार : फेरि लोडसेडिङको चर्चा, सुराक दिने मालामाल
-
एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह