बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

'संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत'

बुधबार, ०६ चैत २०८१, २० : २८
बुधबार, ०६ चैत २०८१

निजगढ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र गणतन्त्रमाथि छेडखानी गर्न नहुने बताएका छन् । 

बाराको सिमरामा आयोजित सभामा अध्यक्ष दाहालले, ‘शान्ति सम्झौता वर्तमान संविधानको एउटा अङ्ग भएकोले संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु भएको बताए । 

संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री प्रचण्डले हुलाकी राजमार्गसँग माओवादी केन्द्र र आफ्नो भावनात्मक सम्बन्ध रहेको दावी गरे । 

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्रै सीमित रहेको बताए । प्रचण्ड यसअघि स्थगन भएको तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिन चितवन हुँदै सिमरा आएका हुन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?