बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

‘उज्यालो नेपालका नायक कुलमान होइनन्,  भारतले गर्दा लोडसेडिङ हटेको हो’

बुधबार, ०६ चैत २०८१, २० : २५
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् । 

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत् भारतबाट आयात भइरहेको र मुलुकभित्रको उत्पादन करिब हजार मेगावाट रहेकाले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था देखिएको बताएका हुन् ।

मन्त्री खड्काले यसअघि लोडसेडिङको अन्त्य भएको भनिए पनि उद्योगमा लोडसेडिङ कायमै रहेको जिकिर गरे । भारतबाट विद्युत् आयात गरेर धान्न सक्ने अवस्था अव नरहेको उनको भनाइ छ ।

मन्त्री खड्काले वर्षायाममा उत्पादित ३५ सय मेगावाट मध्ये विद्युत् प्राधिकरणले ७ सय मेगावाट विद्युत् मात्र उत्पादन गरेको र बाँकी सबै विद्युत् निजी क्षेत्रले उत्पादन गरेको जानकारी दिए ।

निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरिएकाले लोडसेडिङ हटेको जस्तो देखिएको भन्दै उनले उज्यालो नेपालको नायक कुलमान घिसिङ नभएको तर्क गरे ।

उनले कुलमान घिसिङले सार्वजनिक गरेको प्राधिकरणको नाफाको विषयमा पनि सत्यता नरहेको जिकिर गरे । उनले चमेलियामा काम गरेको पैसा नतिरेका कारण विद्युत् प्राधिकरणको बैंक खाता रोक्का भएको बताए । बैंक खाता रोक्का हुँदा पनि मन्त्रालयलाई कुनै जानकारी नआएकाले आफूले आवश्यक कागजात माग गरेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?