गाजामा इजरायली हवाई आक्रमण जारी, २५ जनाको मृत्यु
बुधबार, ०६ चैत २०८१, २० : १७

गाजा । इजरायली सेनाले बुधबार गाजा सहरको साब्रा नजिकैको एउटा घरमा गरेको बमबारीमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
पीडितहरूमा महिला र बालबालिका पनि रहेको चिकित्सकहरुले बताएका छन् । मृतक र घाइतेलाई अस्पताल लगिएको बताइएको छ भने इजरायली युद्धक विमानहरुले घरहरुमा निशाना बनाएको बताएका छन् । यसअघि बुधबार, इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले रातभर उत्तरी गाजामा हमासको सैन्य इलाकामा आक्रमण गरेको जनाएको छ ।
इजरायली सेनाले मङ्गलबार बिहानैदेखि गाजाका विभिन्न क्षेत्रहरूमा तीव्र हवाई आक्रमण गरेको थियाे, जसका कारणा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र दुई महिनाको युद्धविराम भङ्ग भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
-
खाद्यवस्तुहरू परीक्षणको लागि भारतमै जानुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य
-
दलहरुबीचको सहकार्यबाटै गणतन्त्रको रक्षा गर्न सकिन्छः बाबुराम
-
जुनमा संसारकै अग्लो पुल सञ्चालनमा ल्याउँदैछ चीन
-
सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा भेटियो
-
तस्बिरमा हेर्नुहोस् ललितकला मेला