एलपिजी ग्यासको जोखिम घटाउन काठमाडाैँ महानगरकाे निरीक्षण र सचेतना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एलपिजी ग्यासको सम्भावित जोखिम घटाउन निरीक्षण र सचेतना कार्यक्रम सुरू गरेको छ ।
धेरै ग्यास बालिने स्थानमा आठ वटा सूचक र २४ वटा उपसूचकका आधारमा निरीक्षण गरिएको कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए ।
जोशीका अनुसार सचेतना अभिवृद्धि गराउने उद्देश्यले ५६ वटा पसलको निरीक्षण गरिएको छ । घरघरमा खाना पकाउने प्रयोजनका लागि सिलिण्डरमा भरेर ल्याइने ग्यास एलपिजी अर्थात् लिक्विफाइड पेट्रोलियम ग्यास हो ।
यो प्रज्वलनशील पदार्थ भएका कारण उपयोगमा सावधानी अपनाउन सकिएन भने आगलागी हुने, सिलिण्डर विस्फोट हुने खतरा हुन्छ । यो खतराबाट बच्न ग्यास उत्पादक, सिलिण्डर उत्पादक, सिल उत्पादक, सिलिण्डर भर्ने कम्पनी, ढुवानी गर्ने सवारी साधन, गुणस्तर जाँच गर्ने अधिकारी, डिष्ट्रिव्यूटर, डिलर, बिक्रेतासँगै उपभोक्ताको आ–आफ्नै भूमिका रहने गर्दछ ।
यस्तै ग्यास चुलो, चुलोमा जोडिने पाइप, पाइपमा जोडिने रेगुलेटर उत्पादक र बिक्रेताको पनि महत्वपूर्ण भूमिका हुने गर्दछ । यसमध्येको ढुवानी नियमन र व्यवस्थापनका लागि एलपिजी ग्यास ढुवानी नियमावली २०७३ जारी गरिएको छ । घरेलु प्रयोजनमा ल्याइने ग्यासको नियमन र व्यवस्थापनका लागि ‘एलपिजी ग्यास नियमावली २०६५’ जारी गरिएको छ । यसअनुसार घरेलु प्रयोजनका लागि १४ दशमलव २ किलोग्राम तौल भएको रातोबाहेक अन्य सिलिण्डरमा ग्यासको कारोबार गर्न हुँदैन ।
सिलिण्डरमा ग्यास भर्ने उद्योगको नाम र लोगो, सिलिण्डरको सिरियल नम्बर, निरीक्षकको टाँचा, हाइड्रोलिक परीक्षण गरिएको मिति, वर्किङ् वा टेस्ट प्रेसर, भल्वसहित खाली सिलिण्डरको तौल, सिलिण्डर जाँच गरिएको मिति र अर्कोपल्ट पुनः जाँच गर्नुपर्ने मिति खुलाउनुपर्छ ।
सिलिण्डरको फुट रिङ् (पिँध) र घाँटी (नेक रिङ्) काटेर जोडिएको भए ग्यास भर्नु हुँदैन । ग्यास सिलिण्डरमा प्रयोग गरिने भल्व पनि प्रमाणपत्र प्राप्त कम्पनीले मात्र उत्पादन गर्न पाउँछन् । यसमा पनि भल्भ निर्माताको नाम, लोगो वा कोड नम्बर र भल्भ निर्माण मिति उल्लेख गर्नुपर्ने हुन्छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !
-
१० बजे १० समाचार : फेरि लोडसेडिङको चर्चा, सुराक दिने मालामाल
-
एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह