नेपाल ल क्याम्पसमा निर्वाचन प्रक्रिया बढाउन माग गर्दै नेविसंघको रिले अनसन
बुधबार, ०६ चैत २०८१, १८ : ५४

काठमाडौँ। नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गर्दै नेविसंघ रिले अनसनमा बसेको छ।
चैत ५ गते हुनुपर्ने निर्वाचन नेपाल ल क्याम्पसमा अनिश्चित बनेको हो।
अनेरास्ववियुले फर्जी विद्यार्थी भर्ना गरेको भन्दै विवाद सिर्जना गरेपछि निर्वाचन अवरुद्ध भएको थियो । क्याम्पस प्रशासन एवं निर्वाचन समितिले हालसम्म निर्वाचन गराउन कुनै पहल नगरेको भन्दै नेविसंघले अनसन थालेको हो।
निर्वाचन गराउन कुनै पनि किसिमको औपचारिक संवाद गराउने वा नयाँ निर्वाचन तालिका सार्वजनिक गर्ने विषयमा क्याम्पस प्रशासनले तदारुकता नेदेखाएकाे नेविसंघको आरोप छ ।
निर्वाचन प्रक्रिया बढाउन माग सशक्त रूपमा राख्दै सम्बोधन नहुञ्जेल रिले अनसन सुरु गरेको नेविसंघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !
-
१० बजे १० समाचार : फेरि लोडसेडिङको चर्चा, सुराक दिने मालामाल
-
एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह