बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

नेपाल मधेसी निजामती कर्मचारी मञ्चको महाधिवेशन सर्‍यो

बुधबार, ०६ चैत २०८१, १७ : ५६
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । निजामती कर्मचारीहरूको राष्ट्रियस्तरको ट्रेड युनियन नेपाल मधेसी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशनको मिति सरेको छ ।

यसअघि २०८१ चैत्र ७–९ गतेसम्म जनकपुरधाममा सम्पन्न गर्नेगरी निर्धारित गरिएको महाधिवेशन मञ्च आबद्ध जिल्ला तथा विभागीय कार्यसमितिहरूको अधिवेशन सम्पन्न हुन नसकेको जनाउँदै आगामी २०८२ वैशाख ५–७ गते हुने भएको छ । 

मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले जिल्ला अधिवेशन हुन नसकेको र आन्तरिक व्यवस्थापकीय तयारी नपुगेको कारण महाधिवेशन मिति सारिएको बताए । केन्द्रीय समितिले सर्वसम्मत रूपमा महाधिवेशनको मिति सार्ने निर्णय गरेको उनले जानकारी दिएका छन् । महाधिवेशन जनकपुरधाममै हुनेछ ।

चौथो महाधिवेशन सारिएको जानकारी मञ्चले फागुन २८ को परिपत्रमार्फत मातहतका सबै जिल्ला र विभागीय समितिहरूलाई पठाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?