ढकाल समूहलाई तह लगाउन संस्थापनको गोप्य बैठक

विराटनगर । नेकपा एमाले मोरङको गत फागुन १७ गते सम्पन्न दसौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेको छ । अधिवेशनबाट संस्थापन (अध्यक्ष केपी शर्मा ओली) पक्ष पराजित भयो भने मोरङका एमाले नेता विनोद ढकाल पक्षबाट सबै पदाधिकारी विजयी भए ।
अधिवेशनले १६५ सदस्यीय जिल्ला कमिटीलाई पूर्णता दिएको छ । सो समितिको पहिलो बैठक बिहीबार विराटनगरस्थित होटल श्री कृष्णामा बस्ने तय भएको छ । तर, त्यसअगाडि नै संस्थापन पक्षबाट अध्यक्षका उम्मेदवार बनेका राजकुमार ओझा, प्रदेश समिति सदस्य परशुराम बस्नेतको अगुवाइमा सो पक्षको छुट्टै बैठक बुधवार विराटनगरको होटल नमस्कारमा बसेको छ ।
गोप्य रूपमा राखिएको सो बैठकमा प्रदेश समितिका केही एमाले नेताहरूको पनि उपस्थिति थियो । उता, अधिवेशनबाट विजयी बनेका अध्यक्ष अजम्बर राईसहितको पदाधिकारीको टोलीले भने जिल्ला समितिको बैठकको पूर्व सन्ध्यामा बुधवार पार्टी कार्यालय पाञ्चालीमा छुट्टै छलफल बसेको थियो । एमाले मोरङका उपाध्यक्ष सागर थापाले जिल्ला समितिको बैठकको तयारीका लागि जिल्ला इन्चार्ज, प्रदेशका अध्यक्ष तथा पदाधिकारीहरूसहितको बैठक बसेको जानकारी दिए ।
उता, संस्थापन समूहले भने निर्वाचनमा पराजय हुनुको कारणबारे पनि समीक्षा गरेको छ । बैठकमा विनोद ढकाल समूह विद्या भण्डारी लाइन नै भएको र आफूहरूलाई गाउँ गाउँमा पेलानमा पारिएको विषय कतिपय जिल्ला सदस्यहरूले उठाएका थिए ।
जिल्ला सदस्यमा पराजित बेलबारीका दुई जना राजन पोखरेल र मित्रप्रसाद घिमिरे तथा सुन्दरहरैंचाकी उर्मिला रिजालले चुनावमा षड्यन्त्र पूर्वक निर्वाचन समितिले नै आफूहरूलाई हराएको भन्दै केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिर्नुपर्ने माग गरेका थिए । उनीहरूको मागलाई संस्थापन समूहले अनुमोदन गर्दै निर्वाचन समितिमा दिएको निवेदनको पक्षमा लबिङ गर्ने बताएका थिए ।
यस्तै उक्त पक्षले बिहीबार बस्ने जिल्ला समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि आवश्यक रणनीति बनाएको छ । ‘बैठकमा एक जना टोली नेताले बोल्ने, त्यसमा सबैले समर्थन गर्ने निर्णय भएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘हामीले भोलीको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आवश्यक गृहकार्य गरेका छौँ ।’
इन्चार्ज जीवन घिमिरे संस्थापन पक्षकै भएकोले बढी बोल्न नहुने भन्दै उनीहरूले फ्लोरबाटै इतर समूहलाई तह लगाउने रणनीति बनाएको बुझिएको छ । ‘पार्टीलाई एकताबद्ध बनाउने, संस्थागत रूपमा सञ्चालन गर्न संस्थापन पक्षले पहल कदमी लिने नीति लिने र नेतृत्वको रक्षा गर्ने निर्णय भएको छ,’ अर्का एक नेताले भने– ‘नेतृत्वविरुद्ध छरिएका भ्रमहरू चिर्ने, विधि बनाएर कार्य विभाजन गर्ने लगायतमा छलफल भएको छ ।’
संस्थापन पक्षले आफ्नो पक्षमा १०९ जना जिल्ला सदस्य रहेको दाबी गरेको छ । १६५ सदस्यीय जिल्ला समितिमा इतर पक्षको भने ३३ जनामात्रै रहेको र बाँकी तटस्थ रहेको दाबी गरेको छ । यद्यपि सो पक्षको छुट्टै भेलामा बहुमत सदस्यहरु नगएको ढकाल पक्षले दाबी गरेको छ । बहुमत आफूहरूसँगै रहेको ढकाल समूहको दाबी छ ।
सो पक्षले जिल्लाको अधिवेशनबाट निर्वाचित अध्यक्ष अजम्बर राई भए पनि विनोद ढकाल नै अध्यक्ष भएको निष्कर्ष पनि निकालेका छन् । सो पक्षले जसरी भए पनि ढकाल समूहलाई तह लगाएर आफ्नो लाइनमा हिँडाउन सक्नुपर्नेमा जोड दिएका थिए ।
अधिवेशनमा ढकाल समूहबाट अध्यक्षमा राई, उपाध्यक्षमा थापा, सचिवमा सोमराज थापा तथा उपसचिवमा सन्तोष बान्तवा र उषा झा निर्वाचित भएका थिए । संस्थापन पक्षबाट अध्यक्षका उम्मेदवार बनेका ओझा, उपाध्यक्ष शान्ति लिम्बू, सचिव रविन थापा र उपसचिवमा इर्जालाल राजवंशी तथा शिल्पा निराला कार्की उम्मेदवार थिए । संस्थापन पक्षलाई ओली समूहका नेताहरू महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा बादल, गुरुप्रसाद बराल, उपमहासचिव प्रदिप ज्ञवाली, स्थायी समिति सदस्य भानुभक्त ढकाल, कोशी प्रदेशका मुख्यमन्त्री समेत रहेका हिक्मतकुमार कार्की, प्रदेश इन्चार्ज शेरधन राई, मोरङ इन्चार्ज जीवन घिमिरे, प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले सहयोग गरेका थिए भने इतर समूहलाई एमाले नेता ढकालसहित केन्द्रीय सदस्यहरू रामलाल साह, युवराज बाँस्कोटा र नैनकला ओझा लगायतले सहयोग गरेका थिए ।
एमाले मोरङको संस्थापन पक्ष भनेर दाबी गरिएका जिल्ला सदस्यहरू :
१) कृष्णप्रसाद भट्टराई
२) शङ्कर थापा
३) रुद्रकुमार श्रेष्ठ
४) मिना पौडेल
५) विष्णुकुमारी राई
६) पूर्णप्रसाद राई
७) भक्तकिरण राई
८) सोविता राजवंशी
९) मो. अजिम आलम
१०) मो. इनुस मियाँ
११) सहनाज बेगम
१२) गणेशकुमार साह
१३) गितारानी महतो,
१४) अभिषेक केडीया
१५) श्रीप्रसाद तोतला
१६) पवित्रा वि.क. (मिक्लाजुङ)
१७) रिंक देवी परियार
१८) किशोर विश्वकर्मा
१९) गङ्गाबहादुर विश्वकर्मा
२०) मन्टुकुमार राम मोची
२१) मनोजकुमार मगर
२२) राजु धमला
२३) सायदा तवस्सुम
२४) सन्तोषकुमार पण्डित
२५) राजन भण्डारी
२६) काजी बस्नेत
२७) प्रवीणकुमार कार्की
२८) सुरज श्रेष्ठ
२९) सन्दीप पोखरेल
३०) काजी नेपाल (सानोकाजी)
३१) गीता घिमिरे ओझा
३२) डम्बर कुमारी बस्नेत (निमा)
३३) शोभा निरौला
३४) झुमा पोखरेल पाठक
३५) सरिता घिमिरे नेपाल
३६) कौशिला बन्जारा (रेग्मी)
३७) किरण लामा
३८) लक्ष्मण पोखरेल (लट्टे)
३९) शान्ता डङ्गोल
४०) प्रेमकुमार कार्की
४१) योगेन्द्रप्रसाद सुवेदी
४२) गजेन्द्रराज लिम्बु
४३) अमरबहादुर गुरुङ
४४) सिता तामाङ
४५) मन्जु रिजाल
४६) शितल राय
४७) इन्द्रप्रसाद भट्टराई
४८) खेमप्रसाद न्यौपाने
४९) जयप्रसाद रायमाझी
५०) उमेश वस्ती
५१) अक्कली चौधरी
५२) तुलसा आचार्य
५३) मनोज दाहाल
५४) मिलन घिमिरे (रुद्र)
५५) रामकुमार श्रेष्ठ
५६) डम्बरबहादुर राई
५७) खेमनाथ ढकाल (इन्द्र)
५८) केशवकुमारी खतिवडा (कमला)
५९) चम्पा थापामगर
६०) कपिलमणि ढकाल
६१) पदम धिमाल
६२) भगतचन्द्र थपलिया
६३) रमेश दाहाल
६४) हर्कराज राई
६५) जितलाल मण्डल
६६) दलबहादुर बस्नेत
६७) लक्ष्मण साह
६८) सन्तलाल खवास
६९) पुनम कोइराला
७०) झुमा कुमारी पराजुली
७१) राधादेवी मण्डल
७२) करण ठाकुर (कल्पनाथ)
७३) पदम प्रसाईं
७४) खगेन्द्र राई
७५) देवी सुवेदी गौतम
७६) मिना देवी चौधरी
७७) रामजना अधिकारी बुढाथोकी
७८) राम कार्की
७९) टेकबहादुर भट्टराई
८०) भक्त बहादुर तामाङ
८१) श्याम प्रसाद राजवंशी
८२) हरिका ढकाल
८३) लक्ष्मण बुढाथोकी
८४) उमाकान्त गौतम
८५) गङ्गाप्रसाद खरेल
८६) लक्ष्मीनारायण धिमाल
८७) निर्मला गौतम
८८) मेनु पाण्डे
८९) वैजु विश्वास
९०) शुकदेवप्रसाद यादव
९१) सुराजकुमार राजवंशी
९२) चरण गुरुङ
९३) मोहनप्रसाद अधिकारी
९४) सुशील बुढाथोकी
९५) खेमकुमारी दाहाल
९६) सरस्वती काफ्ले
९७) श्यामप्रसाद मण्डल
९८) सुभाषकुमार सरदार
९९) सितादेवी राजवंशी
१००) नारायणप्रसाद भुजेल
१०१) प्रेमबहादुर लिम्बु
१०२) निर्मला राई
१०३) मनमाया मगर
१०४) शेरबहादुर बस्नेत
१०५) सरला राई
१०६) गणेश प्रकार भट्टराई
१०७) प्रज्ञान राज मगर
१०८) मिनाकुमारी चौधरी
१०९) गीता बानिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईईमा बागमतीका १ लाख ८ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने, कुन जिल्लाबाट कति ?
-
सुदूरपश्चिममा स्ववियु निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक, नेविसंघ अग्रस्थानमा
-
लुम्बिनी प्रदेश सरकारको खर्च ८ महिनामा ३१ प्रतिशत
-
अनलाइन टिभी पत्रकार सङ्घ र डिजिटल मिडिया पत्रकार सङ्घबिच एकीकरण
-
विदेशी मुद्रा सटहीका लागि कागजातहरू पेस गर्न सबै निर्जीवन बीमकहरूलाई निर्देशन
-
मण्डलामा ‘उम्लिँदो खरानी र लेम्लेम्मा’