रुसले गर्यो दुई युक्रेनी अस्पतालमा ड्रोन आक्रमण

किभ । मङ्गलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबिच फोनमा कुराकानी भएको थियो । उक्त फोन वार्तामा ट्रम्पले आफूले प्रस्ताव गरेको युक्रेनमा ३० दिने पूर्ण युद्धविराममा पुटिनलाई मनाउन सकेन । त्यसको केही घण्टापछि दुवै देशले एक अर्काका पूर्वाधारलाई निशाना बनाउँदै आक्रमण गर्न थाले ।
रुसी सेनाले युक्रेनको उत्तरी सुमी क्षेत्रका दुई अस्पतालमा ड्रोनले आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् । युक्रेनी अभियोजकहरूका अनुसार पुटिन र ट्रम्पको फोनवार्ता समाप्त भएको केही घण्टापछि सुमी सहरको एक अस्पतालमा ड्रोन आक्रमण भयो । त्यतिबेला अस्पतालमा १४७ बिरामी र २२ कर्मचारी उपस्थित थिए ।
त्यसपछि, बुधवार बिहानको समयमा क्रास्नोपिल्ली नामक क्षेत्रको एउटा अस्पतालमा ६ वटा ड्रोन आक्रमण भएको बताइएको छ । आक्रमणको समयमा अस्पतालमा ४९ बिरामी र ११ कर्मचारी बसिरहेका थिए । यस आक्रमणमा अस्पताल भवनमा ठुलो क्षति पुगेको भए पनि आक्रमणको समयमा आश्रयस्थलमा भएकाले सबैजना सुरक्षित रहेको अधिकारीहरूले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे