मधेसका मुख्यमन्त्री सुशासन विरोधी रहेको आरोप
बुधबार, ०६ चैत २०८१, १७ : २७

धनुषा । नेपाली कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको कार्यशैली सुशासन विरोध रहेको आरोप लगाएका छन् ।
मुख्यमन्त्री सिंहको क्रियाकलाप सुशासन विरोधी रहेकाले उनले अविलम्ब नैतिकताको आधारमा राजीनामा दिनुपर्ने गुप्ताले बुधबार बताए ।
केन्द्र सरकार र प्रदेश बिच चलिरहेको विवादको बेला एसईई परीक्षाको पूर्व सन्ध्यामा मुख्यमन्त्री गैरजिम्मेवार बनेको समेत उनको भनाइ थियो । यसअघि मुख्यमन्त्री सिंहले चैत ७ गतेबाट सुरु हुने एसईईमा प्रदेश सरकार सहभागी नहुने बताए थिए ।
यस विषयमा गुप्ताले मधेस शिक्षाको दृष्टिकोणबाट अत्यन्तै पछाडि परेको अवस्थामा मुख्यमन्त्री जस्ता व्यक्तिबाट यस्ता किसिमको हर्करतबाट मधेस सरकारको गरिमा माथि आँच पुर्याउने कार्य भएको दाबी गरे ।