ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भइसकेको प्रभु साहको दाबी

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भइसकेको दाबी गरेका छन् ।
आजपाको बुधबार काठमाडौँमा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले सरकार र संविधान दुवै असफल भइसकेको बताउँदै नागरिकको सर्वोच्चता सहितको व्यवस्थाका लागि पार्टीद्वारा घोषित तेस्रो जनआन्दोलन सफल बनाइनुपर्ने बताए ।
‘सरकार सबै मोर्चामा असफल भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहित बहुमत मन्त्रीहरू कार्यसम्पादन मूल्याङ्कनमा असफल सक्नुभएको छ । आफ्नै मूल्याङ्कनमा सरकार असफल भइसकेको छ । जनताको चाहना र आवश्यकता सम्बोधन गर्न सकेको छैन,’ साहले भने, ‘हामीले घोषणा गरे अनुसार नागरिकको सर्वोच्चता सहितको तेस्रो जनआन्दोलनलाई सशक्त र सफल बनाउन सबै एकजुट भएर अगाडी बढ्नुको विकल्प छैन ।’
आउँदो २४ मा आजपाले काठमाडौँमा खबरदारी सभाका साथै विरोध प्रदर्शन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा बसेको पदाधिकारी बैठकमा आजपा अध्यक्ष साहले आन्दोलनलाई कसरी व्यवस्थित र प्रभावकारी रूपमा अगाडी बढ्ने बारेमा बृहत छलफल आवश्यक रहेको बताए । गतबर्ष नै तेस्रो जनआन्दोलनको आह्वान गरेका साहले वर्तमान संविधान र सरकारकै कारण अहिले मुलुकमा संकट आएको टिप्पणी गर्दै अहिलेको व्यवस्थाको खारेजीका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको बताए ।
नेताहरुको गलत क्रियाकलापका कारण गणतन्त्र बदनाम भएको बताउँदै उनले अहिले दलतन्त्रको विरुद्ध तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ