काठमाडौँसहित विभिन्न स्थानमा ३ जना मृत भेटिए
बुधबार, ०६ चैत २०८१, १७ : १२
काठमाडौं। विभिन्न स्थानमा ३ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको तीलगंगास्थित बागमती खोलामा अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सर्लाहीको बरहथवा नगरपालिका-१४ सैदपुरस्थित सडकको छेउमा रहेको पिपलको चौतारा मुनी पनि अन्दाजी ५० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी हुम्लाको सिमकोट गाउँपालिका-६ माथिल्लो गाउँ बस्ने ४८ वर्षीय देव सिंह रावत सोही गाउँपालिका-६ लाङलास्थित सडक नजिक बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ ।