बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२४ घण्टापछि ठाकुरराम क्याम्पसको मतगणना सुरु

बुधबार, ०६ चैत २०८१, १७ : ०६
बुधबार, ०६ चैत २०८१

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना सुरु भएको छ ।  मतदान भएको लगभग २४ घण्टापछि सो क्याम्पसमा मतगणना सुरु भएको हो ।

पत्रकारलाई नजिकै राखेर गणना गर्ने निर्वाचन समितिले सहमति जनाएपछि ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना सुरु भएको हो ।  मङ्गलवार राति १० बजेदेखि हुने भनिएको गणना बाहिरको प्रतिनिधि पठाएको भन्दै निर्वाचन समितिले एक्कासि बुधवार बिहान १० सम्मका रोकेको थियो । तर बुधवार बिहान पनि विद्यार्थी सङ्गठनका प्रतिनिधि र निर्वाचन समितिका पदाधिकारीहरूबिच विभिन्न मुद्दामा सहमति नजुट्दा मतगणना पछि धकेलिँदै गएको थियो । 

अन्तिम चरणमा सहमति भएपछि अहिले पाँच बजेदेखि मतगणनाको कार्य थालिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।  उनका अनुसार मतगणनाका लागि मुचुल्का उठाउने सबै काम भइसकेको छ । अहिले मतपत्र मिलाउने काम भइरहेको छ । 

चाँडो भन्दा चाँडो गणना गर्नका लागि चार ठाउँबाट मत गन्ने काम सुरु गरिएको निर्वाचन समितिका प्रमुख दिलीप सिंहले बताए । सो क्याम्पसमा मङ्गलवार भएको मतदानमा कुल १० हजार ७२९ मतमध्ये ४० प्रतिशत अर्थात् ४ हजार ३ सय ६ मत खसेको थियो ।

ठाकुरराम क्याम्पसमा स्ववियु सभापति पदका लागि विभिन्न दल निकट सङ्गठन तथा स्वतन्त्र समूहबाट गरी १४ जना चुनावी प्रतिस्पर्धामा छन् । 

प्रत्यक्षतर्फ सभापति, सचिव र कोषाध्यक्ष र ११ सदस्य तथा समानुपातिकतर्फ १० सदस्य गरी कूल २१ पदका लागि २४७ जनाको उम्मेदवारी परेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?