अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
बुधबार, ०६ चैत २०८१, १६ : ५३

काठमाडौँ । अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने भएको छ । चैत ५ गतेका लागि तोकिएको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो । स्थगित भएको निर्वाचन सुचारु गराउन माग गर्दै अनेरास्ववियुले उच्च अदालत पाटनमा मुद्दा हालेको थियो ।
अदालतले यथाशीघ्र चुनाव सम्बन्धी बाँकी कार्य पुरा गर्न अन्तरिम आदेश जारी गरेपछि क्याम्पसले चैत १० गते निर्वाचन गराउने सूचना जारी गरेको हो ।
निर्वाचनको अघिल्लो दिन अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । क्रान्तिकारीको तालाबन्दीका कारण स्ववियु निर्वाचन गराउन नसकिने भन्दै क्याम्पस प्रशासनले निर्वाचन स्थगित गरेको सूचना जारी गरेको थियो ।
अदालतको अन्तरिम आदेशपछि क्याम्पसमा बसेको सर्वपक्षीय बैठकले चैत १० गते निर्वाचन गराउने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता