बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त

बुधबार, ०६ चैत २०८१, १६ : २२
बुधबार, ०६ चैत २०८१

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छन् । 
बैंकको बुधबार बसेको सञ्चालक समितिको ६१८ औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम उनलाई नियुक्त गरिएको हो । 

हाल बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडे छन् भने सञ्चालक सदस्यमा सदस्यमा श्रेष्ठसहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य, दिपंकर शाक्य उदय, कवि कुमार टिवरेवाला, शालिक राम बेल्बासे छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?