नेसपा नयाँ शक्तिद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रदर्शन, तस्बिरहरू
बुधबार, ०६ चैत २०८१, १६ : ०२

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेसपा नयाँ शक्तिले बुधबार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रदर्शन गरेको छ ।
‘राजनीतिक अस्थिरताको ओखती, प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ नाराका साथ राजधानीको माइतीघरमा प्रदर्शन गरिएको हो ।
सो क्रममा पार्टीले राजतन्त्र फेरि फर्कन नसक्ने भन्दै ‘हामी नागरिक हौँ ! रैती हैनौँ’ भन्ने नारा अंकित प्लेकार्डसमेत प्रदर्शन गरेको थियो ।
प्रदर्शनकारीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने माग गरे । यस्तै राजालाई सत्ताबाट हटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अभ्यास भएको सडक नाटक समेत प्रदर्शन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देन र कमल थापाले ठुलो राजनीति गरे : दुर्गा प्रसाईं
-
‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति घिमिरेले मागे माफी
-
गृह मन्त्रालयले गर्यो सात प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा (सूचीसहित)
-
आम नागरिकलाई समस्या परेका वेला कांग्रेसले नै नेतृत्व गर्दै आएको छ- महामन्त्री थापा
-
प्रधानमन्त्रीको शुभकामना- नडराई एसईई परीक्षा दिनू
-
समावेशी समानुपातिक आधारमा बनेको संविधान बचाइराख्नुपर्छ - सभापति देउवा