पानीमै किन उतारियो सुनिता चढेर आएको अन्तरिक्ष यान ?

वासिङटन डीसी । २८६ दिनपछि नासाका अन्तरिक्ष यात्रीहरू सुनिता विलियम्स र ब्यारी बुच विल्मोर पृथ्वीमा फर्किएका छन् ।
मार्च १८ मा सुनिता र विल्मोरसहति अन्य दुई सहकर्मी सवार स्पेसएक्स क्याप्सुल अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)बाट निस्किएको हो । बिहान साढे १० बजेपछि आईएसएसबाट अलग भएको क्रु–९ क्याप्सुल १७ घण्टाको यात्रा तय गर्दै बुधबार बिहान करिब साढे ३ बजे फ्लोरिडाको तटमा अवतरित भयो । आईएसएसबाट छुट्टिएर ४ हजार ५७६ पटक पृथ्वीको परिक्रमा गर्दै यानले पृथ्विमा अवतरण गरेको हो । अन्तरिक्षयान जमिनमा नभएर समुन्द्रमा अवतरण गराइएको थियो जसलाई स्प्लासडाउन भनिन्छ ।
अन्तरिक्षबाट पृथ्वीमा फर्किएका यात्रु चढेको सो यानलाई समुन्द्रमा अवतरण गराइएको थियो । अन्तरिक्षबाट पृथ्वीमा फर्कने क्रममा यान तिब्र गतिमा आउने हुनाले यानलाई प्यारासुटको मद्दतबाट पानीमा अवतरण गराउनु सामान्य तरिका हो । तिब्र गतिमा आएको यानको गतिलाई नियन्त्रण गर्नका लागि पानीमा अवतरण गराउने गरिन्छ ।
पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा यानको रफ्तार प्रतिघन्टा २७ हजार ३५८ किमि हुने र यतिबेला हावाका कणसँग रगडिने हुनाले यानको वरपिरकिो तापक्रम २ हजार डिग्री सेल्सियससम्म पुग्ने भएपनि यानमा हिट शिल्ड राखिनुले अन्तरिक्ष यात्रीलाई कुनै क्षति पुराउँदैन ।
स्प्लासडाउनको समयमा यानसँग सुरक्षित गतिमा पुग्न पर्याप्त समय हुँदैन । त्यसैले अन्तरिक्ष एजेन्सीहरूले अन्तरिक्षयानलाई सुरक्षित रूपमा अवतरण गर्न अन्य तरिकाहरू अपनाउँछन् । नासाले अन्तरिक्षयानको गति कम गर्न र चालक दलको सुरक्षित अवतरण सुनिश्चित गर्न प्यारासुट प्रयोग गर्ने गर्दछ ।
ओरियन अन्तरिक्ष यानको प्यारासुट प्रणालीमा ११ वटा प्यारासुटहरू छन् जुन ९ हजार फिटको उचाइमा र १३० माइल प्रतिघण्टाको गतिमा खुल्छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार मुख्य प्यारासुटले अन्तरिक्ष यानलाई १७ माइल प्रतिघण्टाको गतिमा तल ल्याउँछ । प्यारासुटको मद्दतमा पनि जमिनको सतहमा अवतरण गराउनु खतरनाक हुने भएकाले स्प्लासडाउनको चलन शुरु भएको हो । नासाको मर्करी, जेम्नी, अपोलो मिशन र स्पेश एक्सको क्रु ड्र्यागन मिशन लगायत मान्छे बोकेको अन्तरिक्ष मिशनमा यानको अवतरण गर्न स्प्लासडाउन प्रयोग हुँदै आएको छ ।
किन रुचाइँदैन जमिनमा अवतरण ?
पानीमा चिपचिपापन कम हुने भएकोले चट्टानको तुलनामा पानीमा घनत्व कम हुने र यान अवतरणको लागि उपयुक्त स्थानसमेत हुन्छ । जमिनको सतह असमान हुने, सुख्खा जमिनमा अवतरण गर्नु खतरनाक हुने र यात्रीको लागि पनि असहज हुने भएकाले जमिनमा अवतरण गर्ने गरिदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलपिजी ग्यासको जोखिम घटाउन काठमाडाैँ महानगरकाे निरीक्षण र सचेतना
-
पहिलो सहभागितामै आईपीएलमा चम्कन सक्ने यी पाँच युवा खेलाडी
-
प्रमाणसहित आरोप पुष्टि गर्न सीके राउतलाई कोषाध्यक्षको चुनौती
-
राजेन्द्र लिङ्देन र कमल थापाले ठुलो राजनीति गरे : दुर्गा प्रसाईं
-
‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति घिमिरेले मागे माफी
-
गृह मन्त्रालयले गर्यो सात प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा (सूचीसहित)