नेप्से परिसूचक १४.८८ अंकले घट्दा कारोबार रकममा सामान्य वृद्धि

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज पनि १४.८८ अंकले घटेको छ । नेप्से परिसूचक आइतबार देखि निरन्तर रुपमा घटि रहेको छ । साताको चौथो कारोबारको दिन बुधवार नेप्से १४.८८ अंकले घटेर २ हजार ६९७.४ बिन्दुमा झरेको छ ।
मंगलवार ७.६६ अंकले घट्दा २६९७.४ बिन्दुमा पुगेको थियो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.९६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंकले घटेको छ । बुधबार कारोबारमा आएका नेप्सेका अनुसार ३११ कम्पनीको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर किनबेच हुँदा बुधवार ५ अर्ब १४ करोड ३९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिन ४ अर्ब ३४ करोड बराबरको सेयर कारोबार भएको थियो । बुधवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज कारोबारमा आएका ३११ कम्पनी मध्ये १८३ कम्पनीको सेयर घटेको छ भने ५३ कम्पनीको सेयर बढ्दा ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.३९ प्रतिशत बढेको भने गरिमा समृद्धि योजनाको इकाई मूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । तर आज यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने ९.२० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको २९ करोड ६७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। जसमा होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन
-
सुशासन र आर्थिक विकासका लागि माओवादीलाई मधेशी जनताले साथ दिनुपर्छ – प्रचण्ड
-
रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?
-
सातै प्रदेशका उपसभामुखलाई मुख्यमन्त्री सिंहले गरे स्वागत