स्ववियु र मतदान अधिकार खारेजीको माग गर्दै त्रिविका विद्यार्थी आन्दोलित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनका लागि दिईएको मतदान अधिकार खारेजीको माग गर्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । त्रिवि स्कूल अफ म्यानेजमेन्ट (एसओएमटीयू) का विद्यार्थीहरू आफ्नो फेकल्टीमा स्ववियु र मतदान अधिकार खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
‘हामी स्ववियुको विपक्षमा छौं । हामीलाई विद्यार्थी संगठन आएर पढ्न दिइरहेका छैनन । फलानो पार्टीको उम्मेद्वार भन्दै आइरहेका छन् । हामीलाई स्ववियु भोटिङ राइट खारेज हुनुपर्छ भनिरहेका छौं,’ एक विद्यार्थीले बताइन् ।
स्ववियु निर्वाचनको हस्तक्षेप र आफ्नो संस्थाभित्र स्ववियु निर्वाचन गर्ने निर्णप्रति विरोध जनाउँदै आएका हुन् । विगत १३ वर्षदेखि एसओईएमटीयू राजनीतिमुक्त शैक्षिक संस्था बनेको र जसले गुणस्तरीय शिक्षा र व्यवसायिक विकासमा केन्द्रित भइरहेको रेग्मीको भनाइ छ ।
त्रिविले एमओईएमटीयूका विद्यार्थीहरूलाई ‘मतदान अधिकार’ प्रदान गर्ने निर्णय गरेको थियो । त्यसपछि विभिन्न विद्यार्थी संगठनका उम्मेद्वारहरू भोट माग्न आइरहेकोप्रति उनीहरूले आपत्ति जनाएका हुन् । उपकुलपति र रेक्टरले निर्देशक, डीन तथा विद्यार्थीहरूसँग पूर्व परामर्श नगरी उक्त निर्णय गरेको बताउँदै मतदान अधिकार खारेज गर्न माग गरेका हुन् ।
उक्त घोषणादेखि स्ववियुका उम्मेद्वारहरू कक्षाकोठामा हस्तक्षेप गर्न थालेको उनकाे भनाइ छ । शैक्षिक गतिविधिहरूमा बाधा पुर्याउन थालेको तथा विद्यालय भित्र राजनीतिक पकड स्थापित गर्ने प्रयास गरिरहेको विद्यार्थीहरूको आरोप छ ।
पहिला नै ८० प्रतिशत भन्दा बढी विद्यार्थीहरूले स्ववियु नचाहिने र मतदान अधिकार नचाहिने भन्दै हस्ताक्षर गरेर निवेदन दिएका थिए । शैक्षिक उत्कृष्टतामा समर्पित संस्थामा राजनीतिक एजेन्डाको कुनै स्थान नरहेको उनीहरूले प्रष्ट पारेका छन् ।
आफ्नो संस्थालाई राजनीतिबाट तटस्थ राख्न माग गरेका छन् । उनीहरूले आफुहरूलाई दिइएको मतदान अधिकार रद्ध गर्नुपर्ने, व्यावसायिक शैक्षिक वातावरण कायम राख्न स्ववियुको थप हस्तक्षेप रोक्नुपर्ने माग अघि सारेर विरोध प्रदर्शन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एकदिने दक्षिण एसियाली किसान सम्मेलन हुने
-
बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु
-
मोदीसँग भेटका लागि पहल गर्दै परराष्ट्रमन्त्री राणा
-
नेपाल मधेसी निजामती कर्मचारी मञ्चको महाधिवेशन सर्यो
-
चैत १४ देखि आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला
-
ढकाल समूहलाई तह लगाउन संस्थापनको गोप्य बैठक