रुपन्देहीबाट एसईईमा झण्डै २३ हजार विद्यार्थी सहभागी हुँदै

बुटवल । चैत ६ माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष रुपन्देहीबाट सामुदायिक र संस्थागत गरी २२ हजार ९ सय ७५ विद्यार्थी सहभागी हुँदै छन् ।
चैत्र ७ गतेदेखि हुने परीक्षामा रुपन्देहीका १७६ सामुदायिक र १७० संस्थागत गरी कुल ३४६ विद्यालयका विद्यार्थी सहभागी हुने भएका हुन् । यो संख्या गत वर्षभन्दा ३ हजार २८० ले बढी हो । गत वर्ष रुपन्देहीबाट १९ हजार ६९५ विद्यार्थी एसईईमा सहभागी भएका थिए ।
शिक्षा विकास तथा समन्वय एकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेका अनुसार साधारणतर्फ २२ हजार ४५७ र प्राविधिकतर्फ ५१८ विद्यार्थी याे वर्ष एसईईमा सहभागी हुँदैछन् ।जसमा साधारणतर्फ नियमितमा १७ हजार ५१८ र ग्रेडवृद्धिका लागि ४ हजार ९३९ परीक्षार्थी छन् ।
यस्तै प्राविधिकतर्फ ४०३ जना नियमित हुन् भने बाँकी ११५ जना ग्रेडवृद्धिका लागि सहभागी हुँदैछन् । साधारणतर्फ ग्रेडवृद्धिका लागि सहभागी हुन लागेका २८४ जना गत वर्षका रहेका उनले जानकारी दिए । साधारणतर्फ ५८ र प्राविधिकतर्फ २ वटा परीक्षाकेन्द्र निर्धारण गरिएको छ ।
परीक्षाको तयारी अन्तिम चरण पुगेकाे प्रमुख बन्जाडेले बताए । 'प्रश्नपत्र प्रहरी चौकीमा पुगिसकेको छ,' उनले भने, 'विद्यालयमा उत्तरपुस्तिका पुर्याउने काम करिब-करिब सकिएको छ ।' उनले परीक्षा सम्पन्न गर्न २ हजार ९९५ जना जनशक्ति परिचालन गर्ने तयारी रहेको पनि बताए ।
रुपन्देहीमा सबैभन्दा धेरै परीक्षार्थी रहेको गीर्वाण संस्कृत तथा साधारण मावि तिलोत्तमा मणिग्राण रहेका छन्। जुन केन्द्रमा भोलि ६५८ जनाले परीक्षा दिँदै छन् । सबैभन्दा कम परीक्षार्थी रहेको नवरत्व मावि सेमलार बुटवलबाट भने १६१ जनाले परीक्षा दिँदै छन् ।
बुटवलका ठुला सामुदायिक विद्यालयको अवस्था के छ ?
देशकै नमुना विद्यालयका रूपमा परिचत बुटवलको कान्ति माध्यमिक विद्यालयबाट मात्रै यस वर्ष ६२० जना विद्यार्थीले एसईई न लागेका प्रधानाध्यापक गोविन्द ज्ञवालीले रातोपाटीलाई जानकारी दिए ।
अहिले यहाँबाट ५७६ नियमित र ४४ जना खुला गरी ६२० जना विद्यार्थीले परीक्षा दिँदै छन् । यो विद्यालयबाट गत वर्ष नियमिततर्फ ५७५ र खुलातर्फ ८९ जना परीक्षामा संलग्न थिए । यस्तै बुटवलमै रहेको अर्को नमुना विद्यालय नवीन औद्योगिक कदर बहादुर रीता माविबाट २९६ जनाले एसईई दिँदैछन् । यस विद्यालयका प्रअ प्रेम बस्नेतका अनुसार साधारणतर्फत २५२ जना र प्राविधिकतर्फ ४४ विद्यार्थी सहभागी हुँदै छन् । यो विद्यालयबाट गत वर्ष २७० जनाले एसईई दिएका थिए ।
शिक्षक एवं परीक्षा संयोजक नगेन्द्र पौडेलका अनुसार कालिका माविबाट ६२४ परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । यहाँबाट नियमिततर्फ ६१६ र ग्रेडवृद्धिका ८ जना सहभागी हुनेछन् । यस विद्यालयबाट गत वर्ष ६७६ जनाले एसईई दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेशीसहरका नागरिकलाई अब बाह्रै महिना र २४ सै घण्टा शुद्ध खानेपानी - मन्त्री यादव
-
काठमाडौँमा एकदिने दक्षिण एसियाली किसान सम्मेलन हुने
-
बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु
-
मोदीसँग भेटका लागि पहल गर्दै परराष्ट्रमन्त्री राणा
-
नेपाल मधेसी निजामती कर्मचारी मञ्चको महाधिवेशन सर्यो
-
चैत १४ देखि आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला