बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

‘कर्मा’ मा फरक किसिमबाट आमा बनेकी छु : अभिनेत्री गिरी

बुधबार, ०६ चैत २०८१, १४ : ३३
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । अभिनेत्री सरिता गिरीले ‘कर्मा’ ले नेपाली फिल्मको आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिने बताएकी छन् । अहिले आमाको चरित्र भन्ने बित्तिकै जुन इमेज आम दर्शक र फिल्मकर्मीको दिमागमा आउँछ, त्यो परिवर्तन ‘कर्मा’ ले गर्ने उनको धारणा छ । 

‘आमाको चरित्र भन्ने बित्तिकै फिल्ममा सामान्य त हो नि भन्ने बुझाइ नै गलत हो’, गिरीले भनिन्– ‘कर्मा’ मा म परम्परागत आमा भन्दा क्यारेक्टरको आमा छु । जुन दर्शकको कल्पना बाहिरको छ ।’ 

फिल्ममा आमा भन्दा पनि चरित्रको रूपमा आफू जोडिएको उनको भनाई छ । आफूले अहिलेसम्म थुप्रै फिल्ममा आमाको क्यारेक्टरमा काम गरे पनि ‘कर्मा’ मा भनेर फरक खालको चरित्र रहेको उनको दाबी छ । 

‘मैले अहिलेसम्म आमाको चरित्र धेरै गरेँ होला । तर, ‘कर्मा’ मा आमाको चरित्र मात्रै छैन,’ उनी भन्छिन्, ‘आमासँग सँगै धेरै कुरा छ । त्यो फिल्ममा देख्न सकिन्छ ।’

‘कर्मा’ मा गिरी अभिनेता विपिन कार्कीको आमाको भूमिकामा छिन् । फिल्ममा विपिन र सरितासँगै उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको पनि अभिनय रहेको छ ।

नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आउन लागेको फिल्म सौरभ चौधरीले निर्देशन गरेका हुन् । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ मा ड्रामा, सस्पेन्स पनि रहेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?