बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

‘यो मन त मेरो नेपाली हो’ आगामी असारमा प्रदर्शन हुने

बुधबार, ०६ चैत २०८१, १४ : २०
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’ आगामी असारमा प्रदर्शन हुने भएको छ । निर्माता ज्ञानबहादुर प्रधान (रोशन) ले फिल्म २०८२ सालको असार २७ गते प्रदर्शन मिति तोकिएको जानकारी दिए । फिल्म आर.आर फिल्मस्ले वितरण गर्दैछ । 

फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय छ ।

अमेरिकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको फिल्म पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालि र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको हो ।

शिवम् अधिकारीको लेखन रहेको फिल्मले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीले आफ्नो कला, संस्कार, संस्कृति बिर्सँदै गएको देखाउन खोजेको छ । 

दीपक शर्मा, विकास चौधरी र तोरम्पा हाङ राईको  संगीत, सौरभ लामाको छायाङ्कन, बनिश शाहको सम्पादन, देव महर्जनको द्वन्द्व रहेको फिल्ममा कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?