महिना दिनपछि पनि बक्स अफिसमा नोट छाप्दैछ ‘छावा’

नयाँ दिल्ली । बलिउड अभिनेता विक्की कौशलको फिल्म छावाले बक्स अफिसमा अझै शानदार कमाइ गरिरहेको छ । होलीमा रिलिज भएको जोन अब्राहमको द डिप्लोमेट कछुवाको चालमा हिँडिरहेको बेलामा एक महिनाअघि रिलिज भएको छावाको पकड बक्स अफिसमा अझै बलियो छ ।
लक्ष्मण उतेकरको निर्देशनमा बनेको यस फिल्मले कमाइको हिसाबले धेरै रेकर्ड बनाएको छ । अहिले पनि यसको कमाइको गति घटेको छैन । संभाजी महाराजको जीवनीमा आधारित यो फिल्म हेर्न ठुलो सङ्ख्यामा दर्शकहरू थिएटरहरूमा ओइरिरहेका छन् । यही कारणले गर्दा फिल्मले पाँचौँ हप्तामा पनि राम्रो कमाइ गरिरहेको छ ।
छावाले सोमबार ३२ औँ दिनमा २ करोड ६५ लाख भारु कमाएको थियो । मङ्गलवारको दिन पनि फिल्मका लागि राम्रै रह्यो । कमाइको कुरा गर्दा, मङ्गलवार ३३ औँ दिनमा फिल्मले २ करोड ५० लाख भारु कमाएको छ । फिल्मको कुल कमाई अब ५६७ करोड ८० लाख भारु पुगेको छ ।
छावाको अगाडि डिप्लोम्याटले कुनै जादु देखाउन सकेको छैन । करिब २० करोडको बजेटमा बनेको जोन अब्राहमको यस फिल्मले सोमबार चौथो दिन डेढ करोड भारु कमायो । मङ्गलवार पाँचौँ दिन यसको बक्स अफिस कलेक्सन १ करोड ४० लाख भारु थियो । पाँच दिनमा फिल्मको कूल कमाई १६ करोड २० लाख भारु बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशबाट पदाधिकारी नियुक्ति गरिनु संसद् विघटनभन्दा गम्भीर
-
बेशीसहरका नागरिकलाई अब बाह्रै महिना र २४ सै घण्टा शुद्ध खानेपानी - मन्त्री यादव
-
काठमाडौँमा एकदिने दक्षिण एसियाली किसान सम्मेलन हुने
-
बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु
-
मोदीसँग भेटका लागि पहल गर्दै परराष्ट्रमन्त्री राणा
-
नेपाल मधेसी निजामती कर्मचारी मञ्चको महाधिवेशन सर्यो