बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

‘मेकिङ नेताजीहरू, अनमेकिङ अफ नेपाल’

बुधबार, ०६ चैत २०८१, १४ : ०६
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपालमा भएका विभिन्न आन्दोलनहरूमार्फत नेताहरू स्थापित भएको तर जनता विस्थापित भएको बताएका छन् । 

बुधवारको प्रतिनिधिसभा बैठकमा स्वास्थ्य बिमा सम्बन्धी जरुरी सार्वजनिक प्रस्तावमाथिको छलफलमा भाग लिनुअघि सांसद सिंहले बिहार र लालु यादवको उदाहरण दिँदै यस्तो बताएका हुन् । 

‘हामीले विभिन्न आन्दोलन गरेर नेताजीहरू स्थापित गर्‍यौ, जनता स्थापित भएनन्, विस्थापित भए । मैले पीएचडी (विद्यावारिधि) गर्दा एउटा किताब पढेको थिएँ, ‘मेकिङ अफ लालु यादव, अनमेकिङ विहार’, ठ्याक्कै त्यस्तै मेकिङ अफ नेताजीहरू, जो बिचौलियामार्फत प्रधानमन्त्री र मन्त्री  बन्नुभएको छ (अनमेकिङ अफ नेपाल) यसबारे म चाँडै किताब लेख्छु’, सिंहको भनाइ छ । 

उनले सरकारसँग बिमाको रकम ३ अर्ब भए पनि १७ अर्बको दायित्व किन थपिएको भन्दै प्रश्न समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?