बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

विद्यालयस्तरको एकदिवसीय क्रिकेटमा बंगलादेशी खेलाडी मुस्तकिमले बनाए अविजित ४०४ रन !

बुधबार, ०६ चैत २०८१, १३ : ५५
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । बंगलादेशमा आयोजित विद्यालयस्तरको एक आधिकारिक क्रिकेट प्रतियोगितामा मुस्तकिम होलादारले गजबको कीर्तिमान बनाएका छन् । क्याम्ब्रियन स्कुलको टोलीबाट खेल्ने मुस्तकिमले एकदिवसीय क्रिकेटमा अविजित चार सय चार रनको पाली खेलेर धेरैलाई आश्चर्यमा पारेका छन् ।

जिल्लास्तरीय अन्तरविद्यालय प्रतियोगितामा अविजित चार सय चार रन बनाउने क्रममा उनले २२ छक्का र ५० चौका प्रहार गरेका थिए । बंगलादेशी सञ्चारमाध्यमले जनाए अनुसार, उनले तीन सय ३२ रन त छक्का र चौकाबाट मात्र बटुलेका थिए । उनी बंगलादेशमा विद्यालयस्तरको मान्यताप्राप्त एकदिवसीय क्रिकेटको एउटै खेलमा चार सयभन्दा बढी रन बनाउने पहिलो खेलाडी बनेका छन् । मुस्तकिम नौ कक्षामा अध्ययरत विद्यार्थी हुन् । यो खेल ढाका विश्वविद्यालयको क्रिकेट मैदानमा खेलिएको थियो ।

मुस्तकिम लगातार चार घण्टा २० मिनेटसम्म क्रिजमा डटेका थिए । एक सय ७० बलको सामना गरेका थिए । उनको स्ट्राइक रेट २३७ भन्दा बढी थियो । मुस्तकिमले कप्तान सोआद परवेजसँग मिलेर ६ सय ९९ रनको साझेदारी गरेका थिए ।

उक्त खेलमा कप्तान परवेजले पनि एक सय २४ बलमा अविजित दुई सय ५६ रन बनाएका थिए । खेलका क्रममा परवेजले पनि १३ छक्का र ३२ चौका प्रहार गरे । उक्त खेलमा क्याम्ब्रियन स्कुलले सात सय ७० रन बनाएको थियो । 

उक्त खेलमा क्याम्ब्रियन स्कुलले आफ्नो प्रतिद्वन्द्वी सेन्ट ग्रिगोरीको टोलीलाई सात सय ३८ रनको विशाल अन्तरले हराएको थियो । सेन्ट ग्रिगोरीको टोली ११।२ ओभरमै केवल ३२ रन बनाउँदै अलआउट भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?