सुदूरपश्चिमका १० क्याम्पसमा अनेरास्ववियुको जित

धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुले १० क्याम्पसमा जित हासिल गरेको छ। हालसम्म प्राप्त नतिजाअनुसार, बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर, बाजुरा, र अछामका क्याम्पसहरूमा अनेरास्ववियुका उम्मेदवारहरू विजयी भएका छन्।
बझाङको सेती क्याम्पसमा दीपेन्द्र दौल्याल, दार्चुलाको कृष्ण स्नातक क्याम्पसमा लालीमा ओमकार पाल, लटिनाथ क्याम्पस, दार्चुलामा रुकेश सिंह विष्ट, बैतडीको नव प्रभात संयुक्त क्याम्पस, कुलाउपञ्चेश्वरमा सपना चन्द सभापतिमा विजयी भएका छन्।
त्यसैगरी, बैतडीकै शिक्षा क्याम्पस साहिलेकमा अक्बर चन्द (अभिषेक), कञ्चनपुरको श्दानेश्वरहरी बहुमुखी क्याम्पसमा बिमला कुमारी रावल, बाजुराको बुढिनन्दा क्याम्पसमा भास्कर शाही नेतृत्वको टिम, तथा अछामको कैलाश बहुमुखी क्याम्पस, कालागाउँमा केशरी तिरुवा निर्वाचित भएका छन् ।
यसैगरी, बैतडीको बहुमुखी क्याम्पसमा अनेरास्ववियुका नवीन कपाडी, तथा बझाङको सुनकुडा क्याम्पसमा कपिल विष्ट सरकार अध्यक्ष पदका उम्मेदवार रहेका छन्। अन्य क्याम्पसहरूका नतिजा आउन अझै बाँकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा अझै कुप्रथाले जडा गाडेको छ : प्रधानमन्त्री
-
गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
-
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा
-
ई स्पोर्टस टोली उज्वेकिस्तान प्रस्थान
-
वीरेन्द्रनगरमा एमालेको जागरण सभा (तस्बिरहरू)