‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न बीमकहरूलाई निर्देशन, सात दिनभित्र जानकारी गराउनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन र्बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ ।
जसअनुसार, लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइएको हो ।
यसैगरी, लघुबीमा व्यवसाय गर्ने लघुबीमा कम्पनीहरूलाई लगानी व्यवस्थापन कार्यका लागि सोसम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी दिई सात दिनभित्र प्राधिकरणमा जानकारी दिन समेत प्राधिकरणले निर्देशन दिएको छ ।
साथै, बीमा कम्पनीहरूले यसअघि लगानी सम्बन्धी व्यवस्थाको कार्यान्वयन गरिसकेको भए सो को समेत सातभित्र जानकारी दिन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिइएको प्राधिकरणले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब न्युजिल्यान्डका प्रधानमन्त्रीले दिल्लीको सडकमै क्रिकेट खेले...
-
अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
युएसएड निलम्बन रोक्न मस्कलाई न्यायालयको आदेश
-
सगरमाथा संवाद कार्यक्रम : बस्यो निर्देशक समितिको पहिलो बैठक
-
संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ : सेना