आईपीएलमा फरक कीर्तिमान बनाउँदैछन् तन्मय श्रीवास्तव

काठमाडौँ । इन्डियन प्रिमियर लिगको १८ औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच ईडेन गार्डेन्स रंगशालामा खेलिनेछ ।
आईपीएलको यो संस्करणमा एक व्यक्तिले फरक कीर्तिमान बनाउँदैछन् । ती व्यक्ति हुन्, तन्मय श्रीवास्तव । समाचारमा जनाइएअनुसार आईपीएलको १८ औँ संस्करणमा उनी अम्पायरको भूमिकामा देखापर्ने भएका छन् ।
यसअघि आईपीएलको सुरुवाती संस्करणहरुमा उनी खेलाडीको भूमिकामा सक्रिय थिए । पहिले खेलाडी र पछि अम्पायरको भूमिकामा आईपीएलमा सक्रिय हुने उनी पहिलो व्यक्ति बनेका छन् । उनी भारतका लागि यू–१९ विश्वकप खेल्ने खेलाडी पनि हुन् ।
उनले सन् २००८ मा विराट कोहलीको कप्तानमा आईसीसी यू–१९ विश्वकप खेलेका थिए । तन्मयरले करिब पाँच वर्षअघि क्रिकेट खेल्न छाडेका थिए । त्यसपछि उनले अम्पायरिङको कोर्ष गरेका थिए । दुई वर्ष अम्पायरिङको लेभल–२ कोर्ष गरेपछि उनले घरेलु प्रतियोगिताहरु खेलाउन थालेका थिए ।
अहिले आएर उनलाई आईपीएलको १८ औँ संस्करणमा पनि अम्पायरिङका लागि चयन गरिएको हो । उनी पहिले खेलाडीको भूमिकामा आईपीएल टोली पञ्जाब किङ्समा आबद्ध थिए । उनले सन् २००९ सम्म सोही क्लबबाट आईपीएल खेलेका थिए । त्यतिबेला क्लबको नाम किङ्स–११ पञ्जाब थियो ।
सक्रिय खेलजीवनमा तन्मयले ९० वटा प्रथम श्रेणीको खेल खेलेका थिए । त्यसमा उनले कुल चार हजार नौ सय १८ रन बनाएका थिए । उनले प्रथम श्रेणीको क्रिकेटमा १० शतक र २७ वटा अर्धशतक प्रहार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवाद कार्यक्रम : बस्यो निर्देशक समितिको पहिलो बैठक
-
गणतान्त्रिक व्यवस्थाबारे जोडेर भएका टीकाटिप्पणी पछि सेनाले मुख खोल्यो
-
मोरङको सुकुना क्याम्पसमा वामपन्थीहरू कै बर्चश्व
-
सागका स्वर्ण पदकधारी विप्लवलाल श्रेष्ठको अप्रत्यासित सन्न्यास घोषणा
-
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त
-
मधेस प्रदेशले दियो आर्मी क्लबलाई पहिलो हारको पिडा