बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

नेप्सेको सीईओका लागि पाँच जनाद्वारा व्यावसायिक कार्य योजना प्रस्तुत

बुधबार, ०६ चैत २०८१, १३ : २२
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि संक्षिप्त सूचीमा परेका पाँच जनाले आज व्यावसायिक कार्य योजना प्रस्तुत गरेका छन् । 

अर्थ मन्त्रालयका अनुसार  चूडामणि चापागाईँ, नारद कुमार लुइँटेल, पूर्ण प्रसाद आचार्य,  बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्यालले व्यावसायिक कार्य योजना प्रस्तुत गरेका हुन् । 

उनीहरुको प्रस्तुतीकरणसँगै अब सिफारिस समितिको सिफारिसका आधारमा सरकारले एक जनालाई सीईओ नियुक्त गर्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?