‘प्रदेशको आफ्नै प्रहरी सङ्गठन र कर्मचारी संरचना हुनुपर्छ’
बुधबार, ०६ चैत २०८१, १२ : १२

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीयताको सफल र प्रभावकारी कार्यान्वयन गर्न प्रदेशहरूका आफ्नै प्रहरी सङ्गठन र निजामती कर्मचारी संरचना हुनुपर्ने बताएका छन् । बुधवारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेता निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि गणतन्त्रको जग बलियो बनाउन प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका हुन् ।
उनले संविधानसभाले संविधान बनाए पनि संविधान संशोधनको काम अहिलेको संसद्ले गर्नुपर्ने भन्दै सङ्घीय प्रणालीका लागि संविधान जारी भएपछि थप गर्नुपर्ने काममा कार्यसूची नै बनाएर अघि बढ्नुपर्ने बताए ।
‘सातवटै प्रदेशसँग उसको आफ्नो प्रहरी सङ्गठन र कर्मचारी संरचना हुँदैन भने सङ्घीयता सफल र प्रभावकारी कार्यान्वयन हुँदैन’, निधिले भने- ‘सबै प्रदेशलाई आफ्नो प्रहरी सङ्गठन र कर्मचारी बनाउने अधिकार दिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म