मोसन पोस्टरमा यस्तो देखियो 'हिउँको गीत'

काठमाडौँ । रङ्गकर्मी विमल सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्म 'हिउँको गीत'को मोसन पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरले फिल्मका मुख्य कलाकारलाई परिचित गराउनुका साथै विषयवस्तुलाई पनि विम्बात्मक रूपमा प्रस्तुत गरेको छ ।
औँठाछापको पृष्ठभूमिमा बनेको पोस्टरले विस्थापनको कथासँगै कलाकारका उदास आँखा र क्षितिजतर्फको दृष्टिमार्फत चरित्रको अनन्त प्रतीक्षाको नियतिलाई संकेत गरेको छ ।
‘हिउँको गीत’ मार्फत निर्देशनमा देखिएका सुवेदी थिएटर भिलेजमार्फत देश विदेशमा अनेकौँ प्रयोगधर्मी नाटक गर्ने सर्जकको रूपमा परिचित सर्जक हुन् । उनले नेपाली नाट्य क्षेत्रलाई राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिनिधित्व गरेका छन् । लामो समयदेखि नाट्य क्षेत्रबाट नै नेपाली कला क्षेत्रलाई महत्त्वपूर्ण योगदान दिएका विमलले अध्यापन र धेरै फिल्मकर्मीहरूसँग सहकार्य गरिसकेका छन् ।
तर उनी सधैँ रङकर्मीको रूपमा चिनिन चाहन्छन् । यस पटक भने उनले आफ्नै कथा, पटकथा तथा निर्देशनमा ‘हिउँको गीत’ तयार गरेका हुन् । उनी र थिएटर भिलेजका काम सधैँ अरुभन्दा फरक हुने गर्छन् । उनले आफ्नो त्यो लिगेसी यो चलचित्रमा पनि कायम राखेको छन् भन्ने कुरा उनको मोसन पोस्टरबाट स्पष्टै बुझ्न सकिन्छ । लेखनमा विमललाई साँघुरो चलचित्रका निर्देशक जोयश पाण्डेले पनि सहकार्य गरेका छन् ।
‘हिउँको गीत’मा वर्षा राउत, जोयस पाण्डे, आकाश खतिवडा, ईशिर कर्माचार्य र पूजा चन्द केन्द्रिय भूमिकामा रहेका छन् । फिल्म ओहायो राज्यको क्लिभल्यान्ड र पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा छायांकन गरिएको हो । फिल्मलाई ह्याप्पी होम स्टुडियोजको लागि जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरेले निर्माण गरेका हुन् ।
फिल्ममा नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा सशक्त रुपले समेटेको विमल सुवेदीको भनाइ छ । भुटान, नेपाल र अमेरिकामा जन्मेहुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा, पहिचानको संकट, सङ्घर्ष, नेपाली भाषी भुटानीहरू माथि त्यतिबेलाको शासकले गरेको चरम अन्याय, अत्याचार, बर्बरता र चरम यातना समेटिएको सुवेदीले जानकारी गराए ।
जिया कुइँकेल खतिवडा, करुण कुइँकेल, कौशिला खनाल कर्माचार्य, आकाश खतिवडा र मनोरथ खनालले कार्यकारी निर्माताको रूपमा र राकेश भट्टराई, रमेश लुइँटेल र पुण्य कुइँकेलले सह निर्माताको रूपमा फिल्म निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब गाडी फुल चार्ज हुन १० मिनेट पनि नलाग्ने
-
आईपीएलमा ‘अरेन्ज क्याप’ र ‘पर्पल क्याप’ जित्ने खेलाडीले कति पुरस्कार पाउँछन् ?
-
स्ववियु चुनाव : कर्णालीमा माओवादी निकट विद्यार्थी संगठनको दबदबा
-
नेप्से परिसूचक १४.८८ अंकले घट्दा कारोबार रकममा सामान्य वृद्धि
-
परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग भेट
-
६० वर्षीय वृद्धले गरे बिहे, घर आएलगत्तै किन खाए विष ?