बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भाडाको घरमा किन सरे शाहरुख खान ?

बुधबार, ०६ चैत २०८१, १२ : ०१
बुधबार, ०६ चैत २०८१

नयाँ दिल्ली । बलिउडका अभिनेता शाहरुख खान भाडाको घरमा बस्न लागेका छन् । खानले आफ्नो घर मर्मत गरिरहेकाले भाडाको घरमा सरेको समाचारमा उल्लेख छ । 

 यस्तो अवस्थामा अभिनेता शाहरुख पत्नी गौरी छोराछोरी आर्यन, सुहाना र अबरामसँग भाडाको घरमा बस्न लागेका हुन् । रिपोर्टका अनुसार, खान भाडामा बस्ने घर अभिनेता ज्याकी भगनानीको परिवारको हो । 

मुम्बईको पाली हिल्समा रहेको सो डुप्लेक्स अपार्टमेन्टको वार्षिक भाडा २ करोड ९४ लाख भारुभन्दा बढी हुने बताइएको छ । जहाँ शाहरुख खान तीन वर्ष बस्ने बताइएको छ । 

शाहरुखले एउटा अपार्टमेन्टका लागि मासिक ११ लाख ५४ हजार र दोस्रो अपार्टमेन्टको लागि १२ लाख ६१ हजार भारु भाडा तिर्नेछन् । रिपोर्टका अनुसार, शाहरुखले आफ्नो ६ तले मन्नतमा थप दुई तला थप्न नियामकबाट अनुमति लिएका छन् । 

हाल घरको काम चलिरहेकोले उनी आफ्नो सम्पूर्ण परिवारसँग भाडाको घरमा सर्नु परेको हो । अहिले सरेको घर मन्नतभन्दा तीन किमीको दुरीमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?