नेतन्याहुले भने– गाजामा आक्रमण शुरुआत मात्रै हो
बुधबार, ०६ चैत २०८१, ११ : ५५

इजरायल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजापट्टीमा हमासविरुद्ध फेरि पूर्णस्तरमा आक्रमण सुरु गरेको बताएका छन् । अहिले आक्रमण सुरुवात मात्र भएको भन्दै नेतन्याहुले एउटा भिडियो सन्देश जारी गरेका छन् । जसमा भनिएको छ, ‘युद्धविरामसम्बन्धी वार्ता अब आगोमाथि मात्रै चल्नेछ । यो त आक्रमणको सुरुवात मात्रै हो ।’
इजरायलले गाजामा निकै ठुलो हवाई हमलाहरू गरिरहेको समयमा नेतन्याहुको यो भिडियो बाहिरिएको हो । इजरायलले मंगलबार राति गरेको आक्रमणमा गाजामा ४०० भन्दा धेरैको मृत्यु भएको थियो ।
आफूले हमासका आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेर आक्रमण भइरहेको इजरायली सेनाले जनाएको छ । जनवरी १९ मा युद्धविराम सुरु भएयता गाजामा यो सबैभन्दा ठुलो हवाई आक्रमण भएको बताइएको छ ।
गाजामा युद्धविरामको अर्को चरण सुरु गर्ने वार्तामा सहमतिमा हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट प्रवेजको उम्मेदवारी
-
राजेश हमाल बेलायत जाँदै
-
कोरलामा बढ्यो व्यापारिक चहलपहल
-
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली
-
लालबन्दीबाट २४४ किलो गाँजा बरामद, धानको भुसा हाल्ने बोरामा लुकाएर लैजाँदै थिए